मकवानपुरको हेटौंडा–६, १६, १७ तथा मकवानपुरगढी २ र ३ मा अवस्थित चुच्चेखोला सामुदायिक वन जिल्लाकै एक नमुना वन हो । संरक्षणका लागि २०४७ सालमै उपभोक्तालाई हस्तान्तरण गरिएको यो वनलेविश्वमै लोपोन्मुखसालक संरक्षणका लागि अलग्गै प्लट बनाएको छ । दुर्लभ सालक संरक्षण र यसको महत्व दर्शाउँदै प्रचार–प्रसार गर्न सालक पार्क नै बनाएर व्यवस्थापन गरिएको छ ।
यस्तै चरीबाघ, पहेँलो ठोटरी, सुन गोहोरो लगायतका दुर्लभ सुचीमा रहेका जनावरलाई संरक्षण तथा गस्ती परिचालन मार्फत बासस्थानकोसंरक्षण गरेको छ । वन संरक्षण र आयआर्जनका लागि अन्य विभिन्न गतिविधि गर्दै आएको सामुदायिक वनले नमुना काम र संरक्षणका योगदान गरे वापत “गणेशमानसिंह वन संरक्षण दोश्रो राष्ट्रिय पुरस्कार २०७१” बाट पुरस्कृत समेत भएको छ । वनमा नोक्सानी पुग्दै गएपछि अग्रज उपभोक्ताहरुले तत्कालिन वन संरक्षण ग्रामिण उपभोक्ता समिति गठन गरी रेखदेख गर्दै आएको वन २०४७ फागुन १५ गत तत्कालिन जिल्ला वन कार्या े लय मकवानपुरमा दर्ता भएको यो पहिलो सामुदायिक वन हो ।
यहाँका द्दद्दट खोला खोल्साहरुमा चुच्चे बाममाछा पाइने हँुंदा चुच्चेखोला कै नामबाट सामुदायिक वनको नामाकरण गरिएको हो । चारैतिर बस्ती रहेकोले वन संरक्षण गर्न पनि सहज छ । वनको क्षेत्र भएरै कान्तिलोक पथ हँुंदै ऐतिहासिक मकवानपुरगढी दरवारको आसपास रहेकोले पर्यटन विकासका कामहरु समुहले गर्दै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकआकर्षित गर्दै आर्थिक वृद्धिको उद्देश्य राखेरै सालक पार्क निर्माण एवं व्यवस्थापन गरिएको उपभोक्ता समुहका अध्यक्ष अर्जुनप्रसाद दाहालले जानकारी दिनुभयो ।
पर्यटक आकर्षणका लागिमकवानपुरगढी वडा नं. ३ रातोमाटे डाँडामा बालमैत्री सूचना पार्क निर्माण गरिएको छ । त्यहाँ बालबालिकाका लागि खेलकुदका सामग्री र ज्ञानवद्र्धक सूचनाहरु थप्दै जाने योजना छ । यस्तै वडा नं. २ कैलाशडाँडालाई स्तरीकरण गर्दै सो क्षेत्रलाई कैलाश नामाकरण गरेर मिनी पार्कको रुपमा विकास गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ६ बारुते भन्ने स्थानमा रहेको पोखरी संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ । पोखरी पानीको श्रोत पनि हो । त्यहाँभित्रै पानीको मुल छ ।
पोखरीमा कमल फुल फुलिरहेको हुन्छ । त्यसैले उक्त क्षेत्रलाई पर्यटन आगमन र दृष्यावलोकन क्षेत्र घोषणा गरि काम अघि बढाईको छ । सिमसार क्षेत्र संरक्षणमा जिल्ला वन कार्यालयले पनि सहयोग गरेको छ । यसैगरी वनक्षेत्रमा पिकनिक स्थल, काठको रोँटेपिङ, शौचालय जस्ता पूर्वाधार बनाएर पर्यटक तान्ने काम भएका छन् भने कर्रा खोलाभन्दा पारीका उपभोक्ताहरुलाई वन उपभोग गर्न सहज गराउने उद्देश्यले काठको पुल निर्माण गरिएको छ । विभिन्न७ स्थानमा प्रतिक्षालयहरु समेत बनाइएको छ ।
यस्तै मृत्यु संस्कार कार्य गर्न दुई स्थानमा घाटेपाटी निर्माण गरिएको छ । अध्यक्ष दाहालले भन्नुभयो–‘उद्यमबाट आयआर्जन बढाउँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न बेलको जुस उत्पादन गर्ने योजना समुहको छ । त्यसका लागि आफ्नै नर्सरी बनाएर बेलका ५ हजार रोप्दैछाँै । सिमसारको दायाबाया बाँस रोपेर बेतबाँसको हस्तकला उद्योग चलाउने द्दद्दठ योजना पनि छ । फर्निचर उद्योग स्थापनाका लागि आवश्यक मेसिनहरु जडान भैसकेका छन् ।
उपभोक्तालाई सहुलियत दरमा काठ चिरान तथा फर्निचर उपलब्ध गराउने र वनमा खेर जाने वनपैदावरबाट फर्निचर बनाएर आम्दानी गर्ने लक्ष्य छ । ’ फर्निचर उद्योगमा तालिमहरु समेत सञ्चालन गरेर करिब ५० जनालाई रोजगार दिने र अरुलाई स्वरोजगार वनाउने योजना समुहको छ । यसैगरी समुहले दुना टपरी उद्योग स्थापना गर्न २ वटा मेसिन ल्याईसकेको छ । यसबाट विपन्नर गरिब उपभोक्तालाई आम्दानीमा सघाउने, सीपमुलक तालिमहरु दिने र झण्डै ३ सय महिलाहरुलाई आयआर्जनसँग जोड्ने रणनीति हो ।
सामुदायिक वन उपभोक्ता समुहले आयआर्जनका कामसँगै वनको व्यवस्थापनमा पनि सक्रियता बढाइरहेको छ । वनलाई पाँचवटा व्लकमा विभाजन गरिएको छ । हरेक ब्लकका आआफ्ना योजना र समय अनुसारका कृयाकलापहरु सामुदायिक वनको अधिकार क्षेत्र र कानूनी परिधिभित्र रहेर हुँदै आएका छन् । वृक्षरोपण, सिमसार संरक्षण, झाडी सुधार जस्ता कार्यहरु नियमित गरिन्छ । वन क्षेत्रका विपन्न तथा दलित, जनजाति र अति न्यून आय भएका उपभोक्ताहरु छनौट गरी ७ वटा समूहमा विभाजन गर्दै आयआर्जन बढाउन र गरिबी न्यनीकरण गर्न ू २५ लाख रुपैंयाको कोष परिचालन गरिएको छ ।
उक्त समूहको नाम बहुआयामिक आय आर्जन विपन्न वर्ग महिला उपसमिति रहेको छ । यसबाट सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध कुल१ हजार ५२ घरधुरीउपभोक्ताहरुलाई लाभ पुगेको छ । कोषको रकम मौसमी तथा बेमौसमी तरकारी खेती, पशुपालन, सिलाई बुनाई, व्युटिपार्लर तथा पसल–व्यवसायमा परिचालन गरिएको समुहका अध्यक्ष दाहालले जानकारी दिनुभयो । यसले आयआर्जनमा सघाएको त छ नै, बचत गर्ने प्रणाली र स्वरोजगार बन्ने प्रेरणा पनि मिलेको छ । यसरी चुच्चेखोला सामुदायिक वनले वन संरक्षणसँगै जीवनपद्धती सहज र सुधारमा समेत महत्वपूर्ण योगदान गरेको छ ।