पैरो नियन्त्रण, अल्लोको उत्पादन

धादिङ, संघीय राजधानी काठमाडौंसँगै टाँसिएर पनि अत्यन्तै दुर्गम क्षेत्र समेत रहेको जिल्ला हो । गाडी चढेर आधा घण्टामै मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार पुग्न सकिने धादिङका कुनै गाउँ पुग्न अहिले पनि तीनचार दिन हिड्नुपर्छ । चीनको तिब्बतदेखि काठमाडौंसम्मलाई जोडेको धादिङ जिल्लाको रुवीभ्याली एउटा विकट हिमाली गाउँ हो । त्यही गाउँमा छ, सिङखर्क सामुदायिक वन ।

भौगोलिक रुपमा हिमालको छेउमा र यातायात सहजताका हिसाबले दुर्गम रुविभ्यालीका स्थानीय उपभोक्ताले रित्तो पाखोलाई वनका रुपमा विकास गर्ने र आफ्ना दैनन्दिन आवश्यकता पुरा गर्ने उद्धेश्यले २०५२ सालमा वन संरक्षण शुरु गरेका थिए । सिङखर्क सामुदायिक वनमा एक सय ३० घरधुरीका २ सय ९७ महिला र ३ सय ५१ जना पुरुष गरी ६ सय ४८ उपभोक्ता आवद्ध छन् । वनको क्षेत्रफल एक सय ८. २३ हेक्टर छ । यो सामुदायिक वनमा मुख्यगरी सल्ला, उतिस, गुराँस, काफल र झिंगन प्रजातिका रुख बिरुवाहरु पाइन्छन् ।

यसैगरी वन क्षेत्रमा चितुवा, मृग लगायतका जंगली जनावारहरु पनि पाइन्छन् । सिङखर्क सामुदायिक वन उपभोक्ता समहलु े वन संरक्षणको अभियान थालेपछि अहिलेसम्म आइपुग्दा वन हराभरा हुँदै द्दद्धछ गएको छ । हिमाली क्षेत्रका बासिन्दाको आयश्रोत मुख्यगरि जडीबुटी हो । यो सामुदायिक वनमा चिराइतो, पाँचऔले, सतुवा, धसिंग्रे, पाखनबेद, वन लसुन, वनमुला, टिमुर, निरमसी, जटामसी, बोजो, वन तरुल लगायतका विभिन्न जातका बहुमुल्य र लोपोन्मुख जडीबुटी उपभोक्ता समुहका अध्यक्ष रेक घलेले जानकारी दिनुभयो ।

यसैगरी अल्लोखेती गरेर उद्यमशिलता विकासको योजना सामुदायिक वनले बनाएको छ । अल्लो यस क्षेत्रको परम्परागत कपडा बनाउन प्रयोग हुँदै आएको छ । आधुनिक समय र रेडिमेट कपडा नआउँदा पनि रुविभ्यालीका बासिन्दाले अल्लोबाटै कपडा बनाउथे । टोपी, फेटा, लगायतका कपडा बनाएर लगाउने चलन थियो । त्यसैले अल्लो संरक्षणमा सामुदायिक वन मार्फत उपभोक्ताले विशेष ध्यान दिने गरेका छन् । यहाँ वन र बेशीको गरी दुई प्रकारको अल्लो पाइने समुहका सचिव काजी घलेले जानकारी दिनुभयो ।

उपभोक्ता समुहले पनि प्राथमिकतामा राखेकोले वन क्षेत्रभित्र करिब १५ रोपनीमा अल्लो लगाइएको छ । मौलिक पहिचान र गाउँको उत्पादन र बलियो तथा न्यायो हुने भएकोले अल्लोबाट आधुनिक प्रविधि प्रयोग गरि कपडा उत्पादन गरेर आम्दानी बढाउने योजना समुहको छ । सचिव घलेले भन्नुभयो– कतैबाट सहयोग मिल्ला र मेसिन तथा आवश्यक औजार जुटाएर अल्लोका कपडा बनाउने उद्योग र रोजगार बढाएर आम्दानी वृद्धि गर्ने योजना छ ।

यसैगरी जडीबुटीलाई पनि समुहले प्राथमिकताका साथ संरक्षण गर्दै आएको छ । अध्यक्ष रेक घले भन्नुहुन्छ– ‘यस क्षेत्रका बासिन्दाको आयश्रोत नै जडीबुटी हो । घरखर्च चलाउनेदेखि स्वास्थ्य उपचार तथा बालबालिकाको शिक्षादिक्षाका लागि पनि दुइचार पैसा कमाउने भनेकै जडीबुटीबाट हो । त्यसैले हामीले सामुदायिक वनभित्र जडीबुटीको संरक्षण र खेतीलाई विशेष ध्यान दिएका छांै । कतिसम्म भने जडीबुटीकै लागि राष्ट्रिय वनलाई समेत स्थानीय उपभोक्ताले संरक्षण गर्छन् ।’ गणेश हिमालको फेदीमा रहेको रुविभ्याली पर्यटकीय गन्तव्य पनि हो । यहाँ बर्षेनी विदेशबाट समेत कैयौं पर्यटक पुग्छन् ।

त्यसैले पर्यटन द्दद्धट प्रर्वधनमा पनि सामुदायिक वनले चासो र प्राथमिकता दिएको छ । वन संरक्षण भएपछि पैरो रोकथाममा समेत टेवा पुगेको छ । सामुदायिक वन क्षेत्रभित्रै स्थापना गरिएको स्वास्थ्य संस्थामा जान समेत पहिला पहिरोले सास्ती हुने र जोखिम धेरै भोग्नुपर्ने अवस्था थियो । तर जब वन संरक्षण गरि वृक्षरोपण गरियो तब पैरो पनि रोकिएको छ । समुहका काजी घलेका अनुसार पैरो रोकथाममा वनको योगदानलाई स्थानीयले सधै सम्झन्छन् । पैरोले पहिले त बाटो हिड्न समेत सारै समस्या र डर हुन्थ्यो । तर अचेल हामीले वन जोगायौं र रुखबिरुवा हुर्केपछि पहिरो जान पनि रोकिएको छ – उहाँले भन्नुभयो ।

यसैगरी सामुदायिक वनले गाउँमा टाढाटाढा पुगेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता समाधान गर्दै सहज खानेपानीको व्यवस्था गर्ने, नर्सरी स्थापना, सिमसार क्षेत्रहरु संरक्षण गर्ने काम पनि गर्दै आएको छ । यी र यस्तै सुविधाहरुमा सामुदायिक वनले अग्रसरता देखाएपछि रुविभ्यालीमा पर्यटन आगमन बढेको छ । त्यसको फाईदा स्थानीय उपभोक्तालाई भएको छ । उनीहरुको आयआर्जन पनि थपिएको छ । आम्दानी बढेपछि जीवनस्तर सुधारमा सहयोग त पुग्ने नै भयो ।

सामुदायिक वनको धेरै आम्दानी नभएपनि वन जोगाउनुपर्छ र यसले हामीलाई हित गर्छ भन्ने चेतनाले स्थानीय उपभोक्तालाई समेत आत्मविश्वासी बनाएको छ । आफूलाई आवश्यक पर्दा डालेघाँसदेखि दाउरा ल्याउन सहज भएको छ । समुहकी चाचुरानी घले भन्नुहुन्छ–पहिला एकभारी दाउरा खोज्न दिनभरि लाग्थ्यो । अचेल त आवश्यक पर्दा र समय समयमा सामुदायिक वनबाट नजिकै दाउरा ल्याउन पाएका छौं, यसले हाम्रो चुलो बाल्न सजिलो भएको छ भने समय पनि बचत भएको छ ।’ सामुदायिक वनले बेलाबेलामा गर्ने तालिम, गोष्ठी तथा चेतनामुलक गतिविधिमा प्रायजसो उपभोक्ताहरु सहभागि हुन्छन् ।

त्यसले चेतना बढाएको छ । अरुसँग कमै बोल्ने महिलाहरु पनि आफ्ना कुरा राख्न सक्न र अग े ुवाई गर्न सक्ने भएका छन् । स्थानीय व्यक्ति तथा समुदायले वन र हाम्रो सम्वन्धलाई राम्रोसँग बुझेका छन् । सामुदायिक वन संरक्षण, परिवर्तन र सम्वृद्धिका लागि रहेछ भन्ने जानकारी उनीहरुलाई भएको छ ।

प्रकाशित मिति : 26 अप्रिल 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस