काठमाडौै । सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले देशव्यापी रुपमा विभिन्न कार्यक्रमसहित वातावरण दिवस मनाएको छ ।
‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित मनाइएको वातावरण दिवसमा फेकोफनको आयोजनामा वृक्षरोपण, अन्तर्कृया, वातावरण संरक्षण गतिवधि, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणबारे बहस लगायतका कार्यक्रम भएका छन् ।
फेकोफन संघीय महासंघले ललितपुरको बालकुमारी सामुदायिक वनमा अन्तर्कृया तथा सरसफाइ कार्यक्रम आयोजना गर्यो । त्यस अवसरमा महासंघका अध्यक्ष ठाकुर भण्डारीले वातावरण संरक्षणमा सामुदायिक वन र उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
फेकोफनद्वारा अधिकांश जिल्लाहरुमा प्रकृतिमैत्री विकास प्रवर्द्धनमा जनचेतना अभिवृद्धि गर्ने र जलवायु परिवर्तनका चुनौतीको सामना गर्न समुदायलाई सहयोग गर्ने अभियानसहित वातावरण दिवसमा कार्यक्रमसमेत आयोजना गरिएको छ।
कतिपय जिल्लाहरुमा सरसफाइ तथा औपचारिक समारोहहरु सम्पन्न भएका छन् ।


