सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २७ औं महासंघ स्थापना दिवस भब्य रुपमा मनाउदै

वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार ः उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २७ औं महासंघ स्थापना दिवस मनाउने भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो । हाल देशभर २२,४१५ सामुदायिक वन हस्तान्तरण भएका छन जसमा २९,२७,३२९ घरधुरीले २२,७२,३५६ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन । सामुदायिक वन उपभोक्ता समुहको अधिकार रक्षार्थ २०५२ जेष्ठ १८ गते महासंघको स्थापना भएको हो । हाल महासंघ अन्र्तगत ५४३ स्थानीय महासंघ, ७७ जिल्ला महासंघ र ७ वटै प्रदेश महासंघ सकृय रुपमा क्रियाशिल रहेका छन । हरेक वर्ष जस्तै यस वर्ष २०७९ जेष्ठ १८ गते सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले २६ वर्ष पुरागरी २७ औं बर्षमा प्रवेश गर्न लागेको हो ।

सामुदायिक वनको भावना र मर्म अनुसार वन व्यवस्थापन कार्यक्रम स्थानीय उपभोक्ताहरुको सकृय सहभागितामा प्रभावकारी भएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको सामुदायिक वन एक सिकाई केन्द्र्र्रको रुपमा स्थापित भएको छ । देश संघिय लोकतान्त्रीक गणतन्त्रमा गएसंगै सामुदायिक वन उपभोक्ता समूहरु समृद्धीका दिशातर्फ नमूनाको रुपमा लागिरहेका छन् । यसै सन्र्दभमा, महासंघ स्थापनाको २६ बर्ष पुगेको अवसरमा लागिएको छ ।

प्रकाशित मिति : 31 मे 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस