सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय कार्य समितिको बैठक पाठकको अध्यक्षतामा म्याग्दीमा सुरु

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले वर्षमा कम्तिमा ३ पटक राष्ट्रिय कार्यसमितिको बैठक आयोजना गर्छ । बैठक संचालन घुम्ति रुपमा गर्ने गर्दछ । मकवानपुर, जुम्ला, दाङ हुँदै अहिले म्याग्दीमा बैठक गर्न महासंघ पुगेको हो ।

हिमाल बचाउ अभियानदेखि संगठन सुदृढिकरण र वनको दिगो व्यवस्थापनमा सामुदायिक वनका सवालमा छलफल गर्ने गरेको छ । यस पटक महासंघको बैठक आसन्न निर्वाचन, सामुदायिक वन अधिकारमाथिको हस्तक्षेप, सामुदायिक वन उद्यम, वन क्षेत्रको सुशासन र संगठन सुदृढिकरणमा प्रकृति, संस्कृति र समृद्धिको अभियानमा वन यात्रा संचालनको बिषयमा केन्द्रित रहनेछ ।

जलबायु परिवर्तनको सवालमा स्थानीय समुदायले वन बचाए बापतको प्राप्त लाभको बिषयमा संस्थागत अडानमा छलफल गरिनेछ र समुदाय विरोधी ल्याइएको वन नियमावलीको बिषयमा राष्ट्रिय कार्य समितिमा छलफल गरी आगामी योजना तय गरिनेछ । यी बिषय लगायत अन्य सांगठनिक महत्वपूर्ण निर्णय गरिने व्यहोरा अध्यक्ष भारती पाठकले बताउनु भयो । बैठक २०७९ भाद्र ३० र ३१ गते संचालन हुनेछ ।

प्रकाशित मिति : 15 सेप्टेम्बर 2022, बिहिवार
प्रतिक्रिया दिनुहोस