नेतृत्व विकास तालिमको सुरुवात

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउण्डेशन नेपालको संयुक्त आयोजनामा सामुदायिक वन पैरवी नेतृत्व विकास तालिमको सुरुवात दाङको तुलसिपुरमा भएको छ ।

कार्यक्रमको उदघाटनमा वोल्दै ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले यस्ता तालिमले क्षमता विकासमा टेवा पुरयाउदै ब्यक्तिको अन्र्तनिहीत क्षमता वढाउनेमा विश्वास ब्यक्त गर्नुभयो । साथै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीले यस्ता कार्यक्रम वर्तमान सन्र्दभमा अतिनै महत्वपूर्ण रहेको वताउनुभयो ।

यहि असोज ५ गतेबाट सुरु भएको कार्यक्रम ९ गते सम्म संचालन हुने आयोजक कमिटीले जनाएको छ ।


 

प्रकाशित मिति : 23 सेप्टेम्बर 2022, शुक्रवार
प्रतिक्रिया दिनुहोस