सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम, कृषि विकास तालिम केन्द्र, बोडे, भक्तपुरमा सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल अन्तर्गत FFF कार्यक्रम मिति २०८० मंसिर २७,२८ र २९ गते.सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम, कृषि विकास तालिम केन्द्र, बोडे, भक्तपुरमा आज सम्पन्न भएको छ । कार्यक्रममा अमृतपुर सामाजिक सहकारी संस्था, दाङ, तुल्सीपुर, सुन्दरदीप र कपिया महिला माछा सहकारी संस्था चितवन, १२ ओटा जिल्ला महासंघका पदाधिकारी, सातै प्रदेशका एक एकजना पदाधिकारी र संघीय महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यस तीनदिने तालिम कार्यक्रमको सहजीकरण कृष्ण प्रसाद उपाध्याय र सिर्जना भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम समापन संघीय महासंघका कोषाध्यक्ष शान्ता न्यौपाने, उपसचिव सीता श्रेष्ठ र उपाध्यक्ष मोहमंद कर खाँले मन्तव्य राखी कार्यक्र समापन गर्नुभएको थियो ।

प्रकाशित मिति : 15 डिसेम्बर 2023, शुक्रवार
प्रतिक्रिया दिनुहोस