ललितपुरको महतगाउँ सल्लाघारी सामुदायिक वनमा युवा सहभागिता विषयमा छलफल

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ -फेकोफन नेपालले सामुदायिक वन दिवसमा सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रमको तेश्रो दिन ललितपुरको लेलेस्थित महतगाउँ सल्लाघारी सामुदायिक वनमा युवा सहभागिता विषयमा छलफल गरिएको छ ।


यस वर्ष “अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने नारासहित सामुदायिक वन दिवस मनाइँदैछ ।
छलफलका अवसरमा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन व्यवस्थापनले स्थानीय समुदायको सहभागिता सुदृढ बनाउँदै अन्तर्राष्ट्रियस्तरमा समेत सिकाइ केन्द्रका रूपमा पहिचान बनाएको बताउँदै युवा सहभागिता बढाउन केन्द्रदेखि समूहसम्म अभियान चलाइएको जानकारी दिनुभयो ।


कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही, महासचिव पार्वता गौतम, सचिव डिल्ली गिरी लगायतका पदाधिकारीहरु, प्रदेश तथा जिल्ला पदाधिकारी र सदस्य तथा समूहका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।
फेकोफनले साउन १९ देखि २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी सामुदायिक वन दिवस भव्य रूपमा मनाउँदैछ ।

प्रकाशित मिति : 8 अगस्ट 2026, शनिबार
प्रतिक्रिया दिनुहोस