काठमाडौं । रसुवाको भोटेकोशी बाढीले निम्त्याएको विपत्तिको एक महिना पुगेको सन्दर्भमा जलवायु न्यायको माग गर्दै शुक्रबार साँझ काठमाडौंको वसन्तपुरमा प्रदर्शन तथा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्ज्वलन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ लगायतका जलवायु न्यायका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गरिएको हो । जलवायु परिवर्तनका कारण बढ्दो विपद् र सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर जलवायु न्याय, वातावरण संरक्षण तथा विपद् प्रभावितको अधिकारका पक्षमा ऐक्यवद्धता जनाएका थिए ।
जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । सामुदायिक वन उपभाेक्ता समूहले जाेगाएकाे वनकै कारण नेपालमा वन बढेकाेले उनीहरूकाे याेगदानकाे मूल्याकंन हुनुपर्ने बताउँदै अन्तर्राष्टिय समुदायले नेपाललाइ क्षतिपूर्ति दिनुपर्ने बताउनुभयाे ।
नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असमान भार समुदायले वहन गरिरहेकोले जलवायुजन्य विपद्बाट प्रभावित समुदायको अधिकार तथा जीविकोपार्जनको सुरक्षा सुनिश्चित सरकार गम्भीर हुनुपर्ने र सम्बन्धित पक्षले थप जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष भण्डारीले बाढी प्रभावित समुदायको अधिकार सुनिश्चित गर्न पुनर्स्थापना, पुनर्निर्माण र सहज र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्नेमा पनि अध्यक्ष भण्डारीले बताउनु भयो ।
जलवायु परिवर्तनले पछिल्ला वर्षहरूमा नेपालीको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष असर पारिरहेको छ । समयमा पानी नपर्ने, बाढी तथा अन्य प्राकृतिक विपत्तिका कारण महिलाको दैनिक जीवन थप प्रभावित भइरहेको छ ।
राष्ट्रसंघमा उठाएको विषयले नेपालको आवाजलाई थप बल
यसैबीच प्रतिनिधि सभामा जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएको उल्लेख विपद्का कारण प्रभावित समुदायले न्याय पाउनुपर्ने बारे राष्ट्रसंघमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रष्ट कुरा राखेको बताउनुभयो ।
जलवायु न्यायका विषयमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा उठाएको विषयले पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाजलाई थप बल पुग्ने उहाँको भनाइ छ ।





