काठमाडाैं। रसुवा र नुवाकाेटका बाढीपीडितहरू सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेकाे सहयाेगप्रति निकै खुसी भएका छन् ।रसुवाको भोटेकोशी हुँदै नुवाकाेटकाे त्रिशूली नदीमा अाएकाे भयानक बाढीले पुर्याएकाे अकल्पनीय विनासबाट जाेगिएका पीडित र विस्थापितहरूलाइ लगातार गरेकाे अार्थिक तथा भाैतिक सहयाेगप्रति स्थानीयहरूले धेरैधेरै धन्यवाद पनि दिए ।
विनासकारी बाढीबाट विस्थापित रसुवा र नुवाकोटका स्थानीय उपभोक्तालाई सहयाेग स्वरूप महासंघले पटक पटक खाद्यान्न, भाँडाकुँडा र ग्यास तथा इन्डक्सन चुलाेसहित राहत सामग्री प्रदान गरेकाे छ । महासंघका अध्यक्ष ठाकुर भण्डारी, वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही, महासचिव पार्वता गाैतम,सचिव डिल्ली गिरी र काेषाध्यक्ष शान्ता न्याैपाने लगायतका पदाधिकारी र सदस्यहरू स्थलगत रूपमै पुगेर राहत दिनुभएकाे हाे ।
महाविपत्तिले अकल्पनीय क्षति भाेग्न बाध्य भएका बाढी पहिराे पीडितलाइ फेकाेफनले चामल, दाल, नुन, तेलसहितकाे खाद्यान्र, कुक्कर, कराइ, थाल, कचाैरा लगायतका भाँडाकुँडा तथा ग्यास सिलिण्डर र इन्डक्सन चुलाेसहितका सामग्री सहयाेग गरेकाेमा रसुवाकाे उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले धेरै धन्यवाद पनि दिनुभयाे ।
महासंघले भाेटेकाेशी बाढीबाट घरबास सबै गुमाएर अाश्रय लिन बाध्य भएका रसुवा र नुवाकाेटका पीडित परिवारलाइ स्थानीय तहसँगकाे समन्वयमा राहत सामग्री प्रदान गर्दै अाएकाे फेकाेफनका फाइनान्स डाइरेक्टर राम प्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
महासंघले अति प्रभावित विस्थापित र चुलो बाल्न समेत समस्यामा परेकाहरूलाइ स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री दिएकाे महासंघका बागमती प्रदेश उपाध्यक्ष लिलानाथ न्याैपानेले बताउनुभयाे ।
फेकोफनले यसअघि बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा नगद पाँच लाख प्रदान गरेको थियो । महासंघले करिब डेढ कराेड बराबारकाे खाद्यान्नसहितका राहत सामग्री सहयाेग गरेकाे हाे ।






