सतिसालको वन

रौतहट –

चन्द्रनिगाहपुर नगरपालिका –६ पुलामी टोलको हरियाली सामुदायिक वनका उपभोक्ता लोपोन्मुख सतिसालको गीत मात्र गाउँन्नन्, सतिसालको वृक्षारोपण गरेर देशकै उदाहरणीय उपभोक्ता पनि बनिरहेका छन् । सतिसाल फूल फुल्ने र सिरसकै जस्तो कोसामा बीउ लाग्ने तर काठ भने चक्र र धर्साबुट्टा कालो रातो रंगको हुने अति बहुमूल्यवजान काठ मानिन्छ । यसबाट बनेका फर्निचर विश्व बजारमा नै अमूल्य छ ।

नेपालमा खकुरीको बीँडमा यो अत्याधिक प्रयोग हुन्थ्यो । घिउ राख्ने पराम्परागत सिँगमाँग अर्को जनप्रयोजनको सामान हो । नेपाली मन्दिरका टुँडाल, घरका फर्निचर, मेच, टेबल, झ्याल, ढोकानिम्ति सतिसाल ज्यादा प्रयोग हुने गर्दथ्यो किनभने सतिसालको काठमा बुट्टा सजिलै काट्न सकिने र बुट्टा पनि सुन्दर देखिने हुनाले उच्चस्तरको फर्निचरको रुपमा सतिसाल नामी काठ भएको मानियो । सतिसाललाई वैज्ञानिक रुपमा ‘डालबर्गीया लाटिफोलिया’ भनिन्छ भने यसको व्यापारिक नाम ‘रोज उड’ हो ।

सतिसाललाई नेपाली वृहद् शब्दकोश, पृष्ठ १२९२, प्रथम संस्करण (२०४०) मा –सत्व+साल । मसिना बाटुलिएका पात हुने कोसा रुपमा लाम्चा फल फल्ने, चुरो खुब बलियो हुने एक जातको रुख भनिएको छ ।

गुगलले सतिसालका धेरै प्रजातिहरु महत्वपूर्ण काठको रुख मानिन्छ भनेर उल्लेख गरेको छ । जसअनुसार साजसज्जा र बास्नादार काठको लागि सतिसाल प्रख्यात छ । सुगन्धित तेलको लागि पनि यो त्यतिकै चर्चित छ । सुरुमा रोज उड बास्नादार काठको लागि काटियो भने पछि धेरै अमूल्य काठ भनेर ठूटो पनि नराखिने गरी काटेर निमिट्यान्न पारियो ।

गुगलले गरेको खोज अनुसार ब्राजिलको जंगलबाट सतिसाल यति काटियो कि विकसित देशहरुमा यो अत्याधिक निर्यात भयो । भारतीय र पूर्वी एसियाली सतिसाल चिनियाँ फर्निचरका लाग व्यापक रुपमा निर्यात भयो । भारतमा उत्तम काठको नाममा फर्निचरदेखि प्लाइउड तथा पुल बनाउन, रेल्वेको स्लिपर ओछ्याउनका लागि अत्यधिक प्रयोग भयो । अफ्रिकन कालो काठ भनिने सतिसालको माग संगीतको सामग्री बनाउन अति नै भयो र अन्त्यमा यो जातको वन पुरै विनास भएपछि साइटिसको एपेन्डिक्स फस्र्टमा खतरामा परेको वनस्पतिको रुपमा सूचिकृत हुन पुग्यो । त्यसपछि नै हो सतिसालले निकै दुर्लभ काठको उपमा पाएको । हरियाली वनका अध्यक्ष धनबहादुर प्रसाइले भने बहुत राम्रो काठ हेर्दाहेर्दै हराएकाले यसबारे बेलाबेलामा मनमा कुरा खेलिरहन्थ्यो । तर यसलाई हामीले नै आफ्नो वनमा वृक्षारोपण गरेर लगाइएला भन्ने लागेको थिएन । कुरै कुरामा सतिसाल रोप्दा हुन्छ भन्ने भयो । फेरि हाम्रो वनमा कही बुटा थिए पनि । तर खयर, सालका विरुवा भने मज्जाले उम्रने र हुर्कने पनि तर सतिसालका विरुवा कतैकतै उम्रिएको देखिए पनि हुर्केर भने विरलै आउँथ्यो ।

फर्निचरमा मैले यो जस्तो राम्रो काठ खर्को देखेको छैन । समूहका अध्यक्ष धनप्रसाद प्रसाइले भने –सतिसालको चुरो निलो, कालो, रातोरातो चक्र परेको हुन्छ । यो यति चिल्लो र चम्कने हुन्छ कि यसको सामान बनाएछि त्यसमा रंग लगाउनै पर्दैन । मंगो चाहिँ यो काठ पहिलेदेखि न महंगोमा बिक्रि हुन्थ्यो । सखुवा ३५ सय क्युफिट पर्छ भने सतिसाल यसको डेढा पर्छ ।

प्रसाइले सामुदायिक वनको छ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको ठाउँ देखाउँदै भने ‘गाउँ लगत्तै आउने हर्दिया नदी पारिपट्टी अर्थात् खोलाको पश्चिमपट्टी खोलाले छाडेको बगर र अरु जमिन गरेर छ हेक्टर क्षेत्रफलमा हामीले १० हजार ५ सय विरुवा वृक्षारोपण गर्यौँ । १६ महिनामा मानिसको हायटमा बल्ल बिरुवाहरु आइपुगे । बढ्न चाहिँ ढिलै बढ्ने जातको बिरुवा हो ।

वृक्षारोपण गरिएकामध्ये दश प्रतिशत विरुवालाई हामीले हुर्काउन पनि सकेनौँ । वृक्षाारोपण गरिएको खण्डको उत्तरतर्फ समूहकै वन क्षेत्रमा रहेका पुराना सतिसालका ६∕७ फुट गोलाइका रुख देखाउँदै भने द्वन्द्वकालमा अहिले वृक्षारोपण गरिएको क्षेत्रमा पनि यत्रै रुखहरु थिए । मलाई त सालको बोट र यसको बोटमा भिन्नता नै लाग्दैन । हुर्केको विरुवा नै ३०∕४० फिट अग्लो पो हुन्छ । तर मूल्य ? सखुवाभन्दा पनि सतिसाल पो महंगो हुन्छ । समूहका कोषाध्यक्ष रामकुमार खड्काले बजार भाउ सुनाए, सखुवा यहाँ ३ हजार ५ सय रुपैयाँ प्रति क्युफिट पर्छ भने सतिसालको कम्तीमा पनि चार हजार पाँचयस रुपैयाँ पर्दछ । तर सतिसाल खोज्दा पाइँदैन । दूर्लभ छ ।

कसैको घरमा पुराना काठ छ भने मसँग छ भन्नुपर्छ । भाउ भनेको पाइन्छ । खोजीखोजी मानिसहरु किन्न आउँछन् । किनभने सिसौ यसको अगाडि फिक्का पो हुन्छ । समूहका कोषाध्यक्ष रामकुमार खड्काले थपे, यो विरुवा लगाउँदा गाइवस्तुले खाला भन्नु पर्दैन । खाए भने पनि वस्तुभाउ बिरामी पर्छन् त । अध्यक्षले थपहिाले, त्यही भएर नै चरिचरणबाट सतिसालका विरुवा जोगाउन सकिएको छ । उसो त चरिचरनमा प्रतिबन्ध पनि छ । यदी कसैको गाईवस्तु वृक्षारोपण क्षेत्रमा पुगिहाले भने पनि सतिसाल खाइहाल्दैनन् । खाए भने बिरामी पर्ने हुनाले पशुधनी आफैँ सचत हुन्छन् ।

मनको तारबार

वृक्षारोपण क्षेत्रमा घेरबार गर्न सकिएको छैन, अहिलेसम्म मनकै तारबारले चरिचरण रोकिएको छ । भूसंरक्षण कार्यालयको सहयोगमा तटबन्ध बनाइएकाले समूहको यो जमिन निक्लिएको हो । यहाँ पानीको मुहान संरक्षणका लागि भनेर पोखरी पनि खनिएको छ । केयर नेपालले पनि हरियो वन कार्यक्रममार्फत एउटा पोखरी बनाइदिएको छ । पोखरी वरिपरि र खोलाको उकास जमिनमा साल, सिसौ, सतिसाल, खयर, करम, जामुनका विरुवा आइरहेका छन् । यिनलाई जोगाउन पनि खुला चरिचरणमा कडा रोकावट छ । तैपनि कसैका गाईवस्तु चराएको पाइयो भने जरिवाना तिर्नुपर्छ । उपभोक्ता समितिले पहिलो पल्टको लागि रु तीन सय, दोस्रो पल्ट चराए ४ सय रुपैयाँ जरिवाना लिने गरेको छ ।

चरिचरण रोकिएकाले विरुवाहरु उम्रिरहेका र बढिरहेका छन् । हामी पनि विभिन्न किसिमका विरुवाहरु वृक्षारोपण गरिरहेका छौँ । नांगो जमिन त कहीँकतै देखिँदैन । यसले गर्दा खोलो साँघुरिँदै र क्षति कम हुँदै गएको छ । अबको २ वर्षमा त बाढी आयो भने पनि क्षति पुर्याउन सक्दैन जस्तो लाग्छ ।

वृक्षारोपणको सवालमा समूहमा छलफल हुँदा आवश्यकता अनुसारका विरुवाहरु वृक्षारोपण त गर्ने तर समूहको ख्याती फैलाउन र लोप प्राय हुने लागेको वृक्षारोपण गरेर नाम र दाम कमाउन नै हामीले सतिसाललाई छानेका हौँ । हरियो वन कार्यक्रमको सहयोग पाइएकोले यसका विरुवा किन्न हामीलाई सहयोग पनि भयो । तर सतिसालको विरुवा तयार गर्नु ठट्टाको काम होइन । यसका विरुवा तयार पार्न नै दुई वर्ष लाग्छ । विरुवा पनि महंगो नै पर्छ । एउटा विरुवाको तीस रुपैयाँमा रोप्न लायकका स्थानीय सुरेश नर्सरीले तयार गरिदिएकाले पनि हामीले बेलैमा सतिसालका विरुवा हुर्काउन सकिरहेका छौँ । होइन भने दुई वर्ष त विरुवा तयार गर्नमा नै बित्ने रहेछ । तयारी विरुवा पाइएकाले दुर्य वर्षमा हामीले दुई वर्षमा मान्छे जति अग्ला विरुवा बनाउन सफल भयौँ । जो आए पनि सतिसालका विरुवा छ हेक्टर बगरमा हुर्केको देख्छ । छक्क नपर्ने कोही हुँदैन । जबकी हरियाली सामुदायिक वनले १ सय २१ हेक्टर क्षेत्रफल ओगटेको छ तर १ सय १५ हेक्टरमा हामीले संरक्षण गरेको वन होइन मात्र छ हेक्टरमा वृक्षारोपण गरिएको सतिसालका विरुवा नै ज्यादा चर्चामा छ । सामुदायिक वा उपभोक्ता महासंघ रौतहट जिल्ला महासंघका सतिवालय सदस्य टीका आचार्यले आश्चर्य मिश्रित स्वरमा बताए ।

प्रकाशित मिति : 6 जनवरी 2020, सोमवार
प्रतिक्रिया दिनुहोस