राष्ट्रपति भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच महिला सशक्तिकरणका कुरा

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच शिष्टाचार भेट भएको छ। नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदले मंगलबार शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले राजकुमारीको भ्रमणले नेपाल बेल्जियमबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटका क्रममा राष्ट्रपति भण्डारी र राजकुमारी अस्त्रिदबीच महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगतिबारे समेत कुराकानी भएको थियो ।

बेल्जियमका राजा फिलिपकी बहिनी अस्त्रिद एक साता लामो भ्रमणका लागि गएकाे ५ गते नेपाल आएकी हुन् । नेपाल भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : 22 जनवरी 2020, बुधवार
प्रतिक्रिया दिनुहोस