लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण व्यवस्थापन सक्रिय रहँदै वातावरण संरक्षण, जैविक विविधताको संरक्षण, प्राकृतिक सन्तुलनमा जोड दिने, उपभोक्ताहरुको सामाजिक, आर्थिक साँस्कृतिक, धार्मिक आस्थालाई संरक्षण र विकास गर्ने, पिछडिएका वर्ग समुदाय र आर्थिक अवस्था कमजोर भएकाहरुको आर्थिक विकासमा टेवा पु¥याउने, भूक्षय नियन्त्रण गर्दै प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्ने लगायतका काममा उपभोक्ता समुहले सक्रियतापूर्वक काम गर्दै आएको छ । जिल्ला सदरमुकाम नजिकै गोरखा नगरपालिका वडा नं. ८ र साविक रानीस्वाँरा गाविस वडा नं. ३,४,५ र ६ मा अवस्थित सामुदायिक वनमा ५२२ घरधुरीका ३५५१ उपभोक्ता आवद्ध छन् ।
सामुदायिक वनका रुपमा २०४९ मा दर्ता भएको यो वनको क्षेत्रफल ३०५.७८ हेक्टर छ । त्यसमध्ये उत्पादनशील वन २९८ हेक्टर रहेको छ । जिल्ला सदरमुकाम नजिक रहेकोले वनमा अत्यधिक चाप बढ्दा हैसियत साह्रै बिग्रिन थालेपछि २०४७ माघदेखि संरक्षणको प्रयास शुरु गरिएको थियो । घाँस दाउरामा नियन्त्रण र रुख कटानीमा रोक लगाई चरिचरन ज्ञघद्द समेतलाई नियन्त्रण गर्दै अहिलेसम्म आइपुग्दा वन क्षेत्रमा पूर्ण हरियाली छाएको छ । खाली रहेका नाङ्गा पाखाहरुमा वृक्षरोपण गर्नुको साथै पुराना रैथाने बिरुवाको संरक्षण र योजना अनुरुप वन पैदावारको संकलन र उपयोग गरिएको छ । अग्निरेखा निर्माणसँगै आगलागी नियन्त्रणले गर्दा जैविक विविधता वृद्धि भएको छ ।
संरक्षित सालक, लोपोन्मुख काँडे भ्याकुर, रतुवा मृग, चितुवा जस्ता जनावरहरु र मयुर लगायतका अन्य चराचुरुंगीहरु बढेका छन् भने पाहुना चराहरु समेत देखापर्न थालेका छन् । यसले गर्दा सामुदायिक वन पशुपंक्षीको पनि उपयुक्त र मनपर्ने बासस्थानका रुपमा विकास हुँदै गएको छ । आय आर्जन, उद्यमशीलता, गरिबी न्यूनीकरणको उद्देश्य पुरा गर्नका लागि उपभोक्ता समूहले महिला समूहलाई बीउ पूजीँको रुपमा घुम्ती कोष प्रत्येक समूहलाई रु. ५०,००० रुँपैँया प्रदान गरेको छ ।
त्यस्तै बाख्रा पैचो कार्यक्रम, गोबर ग्यास निर्माणमा ५००० हजार रुपैंया अनुदान दिने गरेको छ । कुखुरा, बंगुर पंैचौ, हलेदो, अदुवा, अम्रिसो खेतीका लागि बिउ अनुदान दिई विपन्न वर्गका उपभोक्ताको आयस्तर उकास्ने प्रयास भैरहेको समुहका सदस्य भरतबाबु कट्टेलले जानकारी दिनुभयो । पानीको मुहान संरक्षण, जैविक तटवन्ध, वातावरणीय सेवा, प्राकृतिक प्रकोप नियन्त्रणमा पनि ध्यान दिदैँ समूहले वृक्षरोपण, पहिरो नियन्त्रणको कार्य गरेको छ । संरक्षित पोखरी निर्माण समेत गरी जंगली जनावरलाई पानी पिउन सजिलो हुने बनाइएको छ । यसरी मूहान संरक्षणमा लाग्दा जैविक तटवन्ध पनि हुने वातावरणीय सुरक्षाको माध्यमबाट वातावरणीय सेवा पुग्ने, प्राकृतिक प्रकोप घट्ने र पर्यावरणको विकासमा सहयोग पुग्ने काम भएको छ ।
भिरालो पाखा पानीका मुहान र पहिरो गैरहने ठाउँमा बाँस, अम्रिसो, सिमली रोपेर जैविक तटवन्ध गरिएको छ भन्ने सिमसार क्षत्र र पर्य े टकीय स्थल निर्धारण गरी यसको विकासको लागि गुरुयोजना कार्यान्वयन लागिएको छ । यस्तै उपभोक्ताहरुलाई निजी जमिनमा वृक्षारोपण गर्दै नगदे बिरुवा लगाउन प्रोत्साहन गरिएकोले निशुल्क रुपमा बिरुवा उपलब्ध गराएर कृषि वनको विकास गर्न शुरुवात गरिएको छ । बाटो तथा सडक निर्माण तथा मर्मत खमारे खानेपानीको निमित्त आर्थिक लगानी, गरेको छ । चौतारा, आहालहरुको संरक्षण, बगैँचाहरुको संरक्षण ज्ञघघ आनै कार्यालयभित्र शिव मन्दिरको स्थापना र संरक्षण गर्दै सामाजिक सेवाका क्षेत्रमा समेत महत्वपुर्ण योगदान गरेको छ ।
समुहले गर्ने हरेक क्रियाकलापमा आनो समूहका सम्पुर्ण उपभोक्ताहरुलाई उचित ढंगले परिचालन गर्ने गर्दछ । वन क्षेत्र नजिक रहेका उपभोक्ताहरुले नियमित रुपमा संरक्षणमा सहभागी भैरहने हुनाले अन्य कार्यक्रमहरुमा उनीहरुलाई कम संलग्न गर्ने र वन क्षेत्रभन्दा टाढा रहेका उपभोक्ताहरुलाई समूहले गर्ने अन्य गतिविधिमा संलग्न गराउने नीति छ । वृक्षरोपण, अग्नि रेखा निर्माण, बाटो निर्माण तथा मर्मत जस्ता कार्यमा वन क्षेत्रभन्दा टाढाको उपभोक्ता परिचालन गर्ने गरिएको छ । चरीचरण नियन्त्रण, डढेलो निभाउने, रोपिएका बिरुवाको हेरचाहका लागि वन क्षेत्र नजिक उपभोक्ता परिचालन गरिन्छ ।
विभिन्न उपसमितिहरु गठन गरी कार्यानुभव गराउने, समान प्रतिनिधित्व हुने गरी नेतृत्व विकास गर्ने, कार्य क्षेत्रभित्र रहेका अन्य समूहहरुमा आवद्ध समूहलाई आथिक सहर्या ेग गर्ने र वनको दिगो विकासमा उनीहरुलाई पनि सहभागी गराउने जस्ता कार्यबाट लोकतान्त्रिक, गणतन्त्रको अभ्यास गर्ने थलोको रुपमा समुहले कार्य गरेको छ । समूहले डिभिजन वन कार्यालय तथा वडा कार्यालय लगायत अन्य संस्थाहरुसँग सहकार्य गर्दै विविध कार्यक्रमहरुलाई समन्वय गर्दै अघि बढिरहेको छ । २०७२ सालको भूकम्पको पछिको पुनर्निर्माणमा उपभोक्ताहरुलाई काठ उपलब्ध गराएर समेत सहयोग गरेको छ । समूहले आफुलाई आर्थिक रुपमा सक्षम बनाउँदै अघि बढ्न आन्तरिक आम्दानीलाई उपयोग गर्दै आएको छ ।
आय आर्जनको लागि टपरी उद्योग, ब्रिक उद्योग संचालनलाई व्यवस्थित गर्दै लैजाने योजना छ । वन व्यवस्थापन र उपभोक्ता हितमा उत्कृष्ट काम गरेको यो सामुदायिक वन उत्कृष्ट वनहरु मध्येमा पर्दछ । त्यसैले गणेशमान सिंह राष्ट्रिय पुरस्कारसमेत पाउन समेत सफल भएको छ । वन व्यवस्थापन र संरक्षणका लागि नर्सरी स्थापना तथा सामाजिक क्षेत्रमा गोरखा अस्पताल, सरस्वती मा.वि. आहाले, द्रव्य शाह क्याम्पस, गोरखा, शसस्त्र प्रहरी बल, गोरखा, नेपाल रेडक्रस सोसाईटी रानीस्वाँरा शाखा एवं जिल्ला कारागार लगायतलाई काठसहित विभिन्न सहयोग सामुदायिक वनले गर्दै आएको छ । कोरोना संक्रमणकै बेला गोरखा अस्पताललाई सुरक्षित पोशाकका रुपमा १० थान पीपीई सहयोग गरेको थियो ।