हिमाल, पहाड तराई र भित्री मधेशको विविधतायुक्त भूगोल भएकोले नेपालमा वन तथा जमिनको संरक्षणका फरक–फरक विधि र शैली अपनाउने गरीएको छ । त्यसमाथि पनि मौलिक रुपमा नेपाली परम्परा अनुसारका काम गरेर भूक्षय रोक्ने र वन तथा बस्ती जोगाउने विधि पुरातनकालदेखि नै चलिआएको पाईन्छ । आधुनिक प्रविधि अपनाउने समयमा पनि मौलिक स्वरुपबाट स्थानीय जनताले गरेको संरक्षणले भूक्षय रोकेर वन र बस्ती जोगाएका थुप्रै उदाहरण छन् ।
त्यसै मध्येको एक हो, दैलेखको चामुण्डा विन्दासैनी नगरपालिका वडा नं ६, स्थित नुवाकोट– नाउला गाउँमा रहेको चिलेत्रा सामुदायिक वन । यहाँ स्थानीय उपभोक्ताले द्यष्य भलनष्लभभचष्लन नमूना प्लट स्थापना गरेर वनमा पैरो मात्रै रोकेका छैनन्, आम्दानी समेत गर्दै आएका छन् । कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लाको २.१% भू–भाग जंगलले ढाकिएको छ । कमजोर भू–बनोट देखिन्छ भने उर्वराशक्ति पनि कम भएको जिल्लाका ज्ञद्धघ रुपमा चिनिने दैलेख धार्मिक एंव पुरातत्विक दृष्टिकोणले भने महत्वपूर्ण मानिन्छ ।
प्राकृतिक स्रोत र साधनले भरिपुर्ण यो जिल्लामा खनिज तेल, ग्यास र पेट्रोलको उत्खननमा सरकारले धेरै काम गरिरहेको छ । यहाँको जमिनमा प्रायजसो पहिरो गैरहने र वन जंगलको समेतको कमीले गर्दा, पानीको स्रोतको कम छ । जसले गर्दा सुख्खापन कम गर्दै र माटोको उर्वराशक्ति बढाउन तथा भूक्षय रोकथामका लागि बायो इन्जिनियरिङ विधि अपनाउने गरिएको छ ।
त्यसबाट पैरो जान कम हुने र भिरालो पाखामा बिरुवाहरु हुर्केर वन बढ्ने तथा त्यसले आयआर्जनमा सघाउने भएकोले चिलेत्रा सामुदायिक वनले भूक्षय नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । २०७६ साउन महिनामा फेकोफनले दैलेख जिल्लाको चामुण्डा विन्दासैनी नगरपालिका स्थित यो सामुदायिक वन र त्यहाँका उपभोक्तालाई भू संरक्षण र दष्य भलनष्लभभचष्लन सम्वनधी आधारभूत तालिम दिएको थियो । त्यही विधिबाट संरक्षण गरी लगभग ५०–६० हेक्टरमा नमूना प्लट स्थापना गरीएको थियो ।
त्यसपछि अम्रिसो, बाँस लगायत माटोलाई राम्रोसँग बाँधेर राख्नसक्ने प्रजातिका बिरुवा हुकाईएकोले भूक्षय कम भएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव बोहोराले जानकारी दिनुभयो । खासगरी मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा थप वन क्षेत्रमा भूक्षय भएकोले बायो इन्जिनियरिङ विधिलाई प्राथमिकता सहित बिस्तार गरिएको हो । यो विधि अबलम्वन गरेको ९ महिनापछि उपलब्धि समेत देखिन थालेको थियो । किनभने बायो इन्जिनियरिङ विधि अवलम्वन गरेर परीक्षण गर्दा पैरो त रोकियो नै ।
त्यहाँ प्रसस्तै घाँस पलायो र त्यसबाट सामुदायिक वनका उपभोक्तालाई राम्रै फाइदा भयो । स्थानीयले आयआर्जनमा समेत लाभ लिन सकेका सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशकी यशोदा योगीले जानकारी दिनुभयो । बायो–इन्जिनियरिङ प्रविधिबाट पैरो जाने सम्भावित क्षेत्र र माटो बग्नसक्ने ठाउँमा परम्परागत शैलीमा बाँसका तथा अन्य काठका किला गाडेर त्यसलाई बार्दै जाने गरीन्छ । यसो गर्दा पानी परेको बेला पनि माटो सजिलै बग्न पाउँदैन् ।
त्यसपछि त्यहाँ बाक्लो जरा हुने बाँस तथा अम्रिसो, नेपियर घाँस तथा ज्ञद्धद्ध जस्ता बिरुवा रोपेर माटो अठ्याउँने काम हुन्छ । यसरी पैरो जान पनि रोकिन्छ र त्यहाँबाट लाभ समेत लिन सकिन्छ । समुहका अध्यक्ष केशव बोहोराका अनुसार उक्त वनबाट खर बेचेर आयआर्जनमा रु ३०,००० रुपैंया आम्दानी भएको थियो । प्लटिङ गरीएको क्षेत्रमा वोटबिरुवा पुनः हुर्केर बढ्दै गएका छन् । भू संरक्षणमा समेत टेवा पुगेको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।
प्लटिङ गरिएको ठाउँमा बिरुवा हुर्केपछि अरु ठाउँहरुमा पनि बायो–इन्जििनियरिङ प्रविधि अपनाइएको छ । समुहले अपनाएको प्रविधिबाट उपलब्धी र जनआकर्षण बढेपछि स्थानीय तहको सरकारले पनि सोही विधि अनुसार बिरुवा हुर्काउन थालेको छ । चिलेत्रा सामुदायिक वनले अपनाएको यो विधि लोकप्रिय भएको छ । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा वनको जमिन धेरै क्षति भएको र पैरो जाने क्रमसमेत बढेपछि रोकथामका लागि बायोइन्जिनियरिङ प्रविधिलाई प्राथमिकतामा राखेर काम गरिएको सामुदायिक वन उपभोक्ता समुहका सदस्य सनद कार्कीले जानकारी दिनुभयो ।
उपभाक्ता सम े ुहले आयआर्जनका लागि वनमा केरा समेत रोपेको समुहका अध्यक्षसमुहमा एक सय ८० घरधुरी आवद्ध छन् । उनीहरुको हितका लागि विभिन्न कामहरु गर्दै आएको छ । वन संरक्षणका लागि समुहले चौकिदार समेत राखेको छ । अन्य आयश्रोत नभएकोले प्रति घरधुरी बर्षेनी २ पाथी अन्न उठाउने गरिएको छ । तर अचेल भने त्यस बराबरको नगद उठाउन थालिएको छ । २०५० को दशकदेखि नै वन संरक्षण गर्दै आएका उपभोक्ताको सक्रियताकै कारण अहिले वन पनि हराभरा भएको छ ।
अध्यक्ष बोहाराका अनुसार पहिला गाईवस्तु चराउने पाखोमा संरक्षणकै कामले गति लिएपछि रुख–बिरुवाहरु हुर्केर हर्लक्कका भएका छन् । अब सामुदायिक वनबाट लाभ थप लाभ लिने र पर्यापर्यटनमा पनि जोडदिने योजना समुहले बनाएको उहाँले जानकारी दिनुभयो ।