गौरचनका रुपमा रहेको खाली पाखोलाई संरक्षण गरेर आफैले राखेको नर्सरीबाट बिरुवा रोपेर बनाएको वन हो आहाले सामुदायिक वन । भोजपुर नगरपालिका वडा नम्वर ५, आहाले गाउँको यो वन क्षेत्र कुल २९.०१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उपभोक्ता समुहमा ८५ घरधुरी आवद्ध छन् । २०४६ सालमा गाउँलेहरुले संरक्षण थालेर बनाइएका यो वन २०५१ सालमा सरकारले उपभोक्ता समुहलाई हस्तान्तरण गरेको थियो । यहाँ पहिला जंगलको स्वरुप थिएन । बस्तीभन्दा अलि अग्लो पाखोमा रहेको पाखो क्षेत्र स्थानीयको गाईवस्तु चराउने थलो वनेको थियो ।
तर गाउँ आसपासमा जंगल नहुँदा गाउँलेहरुले २ घण्टा टाढाको सुन्तलेदेखि परको वनमा पुगेर एकदिनमा एकभारी दाउरा ल्याएर चुलो बाल्थे । हाल आहाले सामुदायिक वन उपभोक्ता समुहकी सदस्य कुमारी तामाङ ती दिनहरु सम्झँदै भन्नुहुन्छ– आफ्नो वन नहुँदा एकभारी दाउरा खोज्न एक दिन बिताउनुपथ्र्या । े ज्ञद्धढ भएको पाखो रित्तो, उपभोक्ताले सास्ती भोग्नुपरेपछि गाउँलेहरु सामुदायिक वन बनाउन सक्रिय भए । हरिप्रसाद न्यौपाने लगायतको अगुवाईमा संरक्षण, वृक्षरोपण र चरिचरन रोकेर जोगाएको वन अहिले हराभरा भएको छ ।
आहाले उपभोक्ता समुहका पहिलो अध्यक्ष न्यौपाने पछि सामुदायिक वन उपभोक्ता समुहहरुको छाता संगठन फेकोफनको राष्ट्रिय अध्यक्ष भएर समुदायको हकअधिकार र वन आन्दोलनका अगुवा रुपमा स्थापित व्यक्तित्व नै हुनुभयो । हरेक धरधुरीले दिनरात नभनेर जोगाएको वन अहिले हराभरा र घना भएको छ । स्थानीय आवश्यकता त्यहीँबाट पुरा भएका छन् । त्यतिमात्रै हैन, सामुदायिक वन उपभोक्ता समुहले स्थानीयको चेतना, आयआर्जनमा सहयोग र गाउँकै विकासमा समेत महत्वपूर्ण योगदान गरेको छ ।
अति विपन्न र गरिब परिवारले घाँस दाउरा समेत निःशुल्क रुपमा प्राप्त गर्दै आएका छन् । समुहले घुम्तीकोष बनाएर आयआर्जनका कामहरु गर्दै आएको छ । सामुदायिक वनको नेतृत्वमा टालस्तरमा उपसम े ुहहरु बनाएर कुल ८५ घरधुरीलाई ४ समुहमा विभाजन गरिएको छ । कोषको रकम सहुलियत दरमा परिचालन गर्दै आएका उपभोक्ताले बचत गरेर एउटा टोलमा पाँच लाख रुपैंयासम्म जम्मा गरिसकेका समुहका अध्यक्ष नन्दकुमार तामाङले जानकारी दिनुभयो ।
आवश्यकता अनुसार उपभोक्तालाई भैसीपालनमा ३० हजार, गाईगोरु पाल्न २० हजार, बाख्रा तथा बंगुर पाल्न १० हजार एवं होटल, पसल र आफ्नै व्यवसाय गर्न चाहेमा २० हजार रुपैंया सहुलियत दरमा दिइन्छ । यस्तो सहयोग समुहका सबैजसो उपभोक्ताले पाएका छन् । घाँसको सुविधा, समुहको प्रोत्साहन र आर्थिक सहयोगका कारण गाउँमा धेरैले पशुपालन गरेका छन् । दुध बेचेर घरखर्च चलाउँन धेरै सजिलो भएको छ । गाउँको नजिकै दुध डेरी भएकोले उत्पादन भएको दुध वा दुग्धजन्य पदार्थ बिक्री गर्न समस्या छैन् ।
अध्यक्ष तामाङका अनुसार सामुदायिक वनले दैनिक घाँस दाउराको गर्जो मात्रै टारेको छैन, गाउँलेहरुलाई आर्थिक रुपान्तरणमा पनि सघाएको ज्ञछण् छ । पहिला धेरैले महंगो व्याजदरमा साहुसँग ऋण माग्नुपथ्र्यो तर अहिले समुहले नै सस्तो र सुलभ दरमा सहयोग दिन्छ, अनि उनीहरु आफैं पनि बचत गरेर चाहिँदा पैसा लिनसक्ने भएका छन् । घुम्तीकोषकै ३ लाखभन्दा बढी रकम परिचालन हुँदै आएको छ भने उपसमुहहरुको बचत जोड्दा २५ लाख रुपैंयाभन्दा धेरै छ ।
वन संरक्षणमा अब्बल काम गर्दै आएको उपभोक्ता समुहले सामाजिक मेलमिलाप र सद्भावमा पनि उदाहरणीय काम गर्दै आएको छ । तामाङसहित जनजातिहरुको बाहुल्यता भएपनि सामाजिक सद्भाव र मित्रवत व्यवहारले गाउँमा एकता कायम गरेको छ । कोही कसैमा भेदभाव छैन् । सबै उपभोक्ताहरुमा बराबर सम्वन्ध र समान अधिकार छ ।
सामुदायिक वनले सामाजिक विकासमा पनि सहयोग गरेको छ । बाटोघाटो निर्माण, स्थानीय पञ्चकन्या मावि, जनकल्याण आधारभूत निमावि लगायतका विद्यालय निर्माणमा सघाएको छ भने सडक निर्माणले गरेको भूक्षय रोकथामका लागि काम गर्दै आएको छ । यस्तै उपभोक्ताहरुलाई सिलाईकटाई तालिम, मेसिन खरिद, विपन्नलाई उपचार खर्चमा अनुदान जस्ता काम गर्दै आएको समुहले जनाएको छ । पर्यापर्यटनको विकास मार्फत आर्थिक सम्वृद्धि हासिल गर्न सामुदायिक वन उपभोक्ता समुहले विभिन्न योजनाहरु पनि अघि सारेको छ ।
सदरमुकामको नजिकै भएकोले वनभोजस्थल बनाइएका छ । टहराहरु, शौचालय, बगैंचा निर्माण पानीको सुविधा भएकोले वनभोजका लागि पनि सामुदायिक वन क्षेत्र गन्तव्यस्थल बन्दै गएको छ । यस्तै भ्यूटावर बनाउन प्रकृया अघि बढाइएको छ । यसैगरी धार्मिक तथा सांस्कृतिक काममा सामुदायिक वनले उपभोक्तालाई सहयोग गर्छ । उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति, प्रोत्साहन पुरस्कारले सामुदायिक वनप्रति नयाँ पुस्ताले पनि बुझ्न पाएका छन् ।
यसरी नेपालमा सामुदायिक वन अभियान अघि बढ्नासाथ आहालेका उपभोक्ताको सक्रियताले अघि बढेको संरक्षण अभियानले अहिलेसम्म आईपुग्दा वन क्षेत्रलाई घना बनाएको छ भने गाउँको विकासमा फड्को मारेको छ । त्यसैले समुहले विभिन्न पुरस्कारहरु पनि पाएको छ ।