सतिसालको गाैरव

विश्वमै दुर्लभ मानिने सतिसाल संरक्षणमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका वडा नम्वर ६ पुलामी टोलमा रहेको हरियाली सामुदायिक वनले उदाहरणीय काम गरेको छ । वैज्ञानिक नाम ‘डालबर्गीया लाटिफोलिया’ भनिने र व्यापारिक रुपमा ‘रोज उड’ भनेर चिनिने सतिसाल अति मुल्यवान काठ हो ।

फुलफुल्ने र कोशामा बीउ लाग्ने कालो तथा रातो धर्साबुट्टा रंगको हुने सतिसालको फर्निचर एकदमै महंगो मुल्यमा विश्वमा बिक्ने गर्छ । नेपालमा भने पहिलेपहिले खुकुरीको बिड बनाउनदेखि घिउ राख्ने ठेकी बनाउन सतिसाल बढी प्रयोग गरिन्थ्यो । त्यसबाहेक मन्दिरका टुँडाल, झ्याल ढोका र अन्य घरायसी फर्निचरमा पनि प्रयोग भएको पाइन्छ । साजसज्जामा आकर्षक र वास्नादार हुने भएकोले सतिसाल सुगन्धित तेलका लागि पनि उत्तिकै प्रसिद्ध छ ।

सतिसालको काठ ब्राजिलको ज्ञछछ जंगलबाट युरोप अमेरिका तथा भारत र पूर्वी एशियाबाट चीनमा फर्निचरका लागि अत्यधिक बेचविखन भएकोले वन नै लोप हुने खतरामा पुगेपछि यसलाई ‘खतराको सूचीमा’ राखिएको छ । यति मुल्यवान सतिसाल जोगाउँदै हुर्काउने काममा हरियाली सामुदायिक वनले धैरै मिहिनेत गरेको छ ।

हर्दिया खोलाको पश्चिमपट्टी बगर क्षेत्र र बाँकी खाली ठाउँको गरि ६ हेक्टर वनमा सतिसालका दश हजार पाँच सय बिरुवा रोपेर हुकाईएको छ । त्यस क्षेत्रमा केही पुराना सतिसालकै रुख भएकोले पनि वन क्षेत्र सतिसालकै क्षेत्र बन्दैछ । उपभोक्ता समुहका अध्यक्ष धनबहादुर प्रसाई भन्नुहुन्छ– ‘बहुत राम्रो काठ हेर्दाहेर्दै हराउँदै गएकोले हामीहरुले आफ्नै वनमा रोपेर हुर्काउने निधो गरेका हौं ।’ समुह र उपभोक्ताको जोश र जाँगर देखेपछि सामुदायिक वन उपभोक्ता महासंघल पनि सघाया े े ।

बिरुवा किन्न आर्थिक सहयोग समेत भएपछि समुहले उत्साहका साथ सतिसालको वन बनाएको हो । यि बिरुवा हुर्कन भने लामै समय लाग्छ । तर गाईवस्तुले भने खाँदैनन् । बरु खाए भने बिरामी पर्ने सम्भावना भएकाले पशुचौपाया धनीहरु आफै सचेत हुन्छन् । त्यसैले बिरुवा जोगाउन सजिलो छ ।

हुन त वन क्षेत्रमा चरिचरनमा रोक लगाइएको छ । सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रामकुमार खड्काका अनुसार अहिले वन बाक्लो हुँदैछ, बिरुवा ठूला हुँदैछन् । तर वनक्षेत्र तारबार गरेर पुरै संरक्षण गर्ने समुहको धोको भने आर्थिक अभावका कारण पुरा हुन सकेको छैन् । जेजति भएको छ उपभोक्ताहरुको तदारुकता र सक्रियताले भैरहेको छ । भू–संरक्षण कार्यालयको सहयोगमा तटबन्ध बनाईएकोले निस्केको बगर क्षेत्र अहिले वन भैसकेको छ ।

त्यहाँ पानीको महान स ु ंरक्षणका लागि एउटा पोखरी बनाईएको छ । यसरी चरीचरनमा कडा रोक लगाएर अहिले वन हराभरा भएको छ । साल, सिसौं, खयर लगायतका रुखका बिरुवा पनि हुर्कदै छन् । अध्यक्ष भन्नुहुन्छ– सतिसालको जंगल दुइ मान्छेभन्दा अग्लो हुँदैछ । सतिसालको यो अवस्था देखेर सबैजना दंङ्ग पर्छन् । हरियाली सामुदायिक वनले कुल एक सय २१ हेक्टर क्षेत्रफल ओगटेको छ ।

प्रकाशित मिति : 9 नोभेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस