नाङ्गो र रित्तो पाखापखेरालाई संरक्षण गरेर समुदायले वनजंगल घना बनाउने र त्यसको स्वरुप बिग्रन नदिई उपयोग गरि समुदायको हितमै काम गर्दै आएकोले नेपालको सामुदायिक वन विश्वकै उदाहरणीय भएको हो । त्यसमाथि उपभोक्ताका आवश्यकता पुरा गर्ने र गरिबी निवारणमा विभिन्न योजना अघि सार्दा त्यसले समुदाय, गाउँ र मुलुककै सम्वृद्धिमा सघाएको छ । यो तथ्य कसैका सामु छिपेको छैन् । त्यसै मध्येको एक हो, कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर १, महेन्द्रकोटको वसन्तपुर सामुदायिक वन । यो पूर्व–पश्चिम राजमार्ग हुँदै गोरुसिङ्गे–सन्धिखर्क सडक चोकबाट ४ किलोमिटर उत्तरतर्फ रहेको वसन्तपुर गाउँ नजिकै पर्छ ।
स्थानीय बुढापाकाहरुका अनुसार पहिलेदेखि नै उत्पादनशील चक्ला वनको रुपमा रहेको यो वन खासगरी गोरुसिङ्गे–सन्धिखर्क सडक निर्माण र त्यस पश्चात अर्घाखाँची जिल्लाबाट बसाई सराईको कारण ज्ञटघ जनघनत्व बढ्न गै वनको हैसियतमा गिरावट आएको थियो । त्यसैगरी पूर्वी सिमानाको कुन्द्रा खोलाले पटक पटकको बाटो परिर्वतन गर्दा नदी कटानले पनि वन जंगलको नास भएको थियो । त्यसैले २०५६ सालदेखि स्थानीय अगुवाहरुसहितको प्रयासबाट औपचारिक रुपमा सामुदायिक वनका रुपबाट अतिक्रमण एवं चोरी निकासी रोकथामको काम अघि बढाईएको हो । ८९.३ हेक्टर क्षेत्रफलमा फैलिएको र एक सय ९१ घरधुरी रहेको यो सामुदायिक वनमासाल, खयर, साज, कुसुम, टिक लगायतका प्रजातिका रुखहरु बढी छन् । समुह सदस्यको मुख्य पेशा कृषि तथा पशुपालन हो । सहायक पेशामा व्यापार, व्यवसाय, नोकरी र मजदुरी पर्छ ।
अधिकांश सदस्य गरिब छन् । मध्यम र धनी वर्ग पनि छ । तर धेरैको शैक्षिक, सांस्कृतिक, सामाजिक सदभाव र मानवीय पक्ष भने बलियो छ । त्यसैले पनि वसन्तपुर सामुदायिक वन उपभोक्ता समुहले संरक्षण र गरिबी निवारणको कामलाई प्राथमिकतामा राखेको छ । वसन्तपुर सामुदायिक वनले सिमसार संरक्षण मार्फत वन तथा वन्यजन्तु र पर्यावरण र पानीका श्रात जा े ेगाउन महत्वपूर्ण योगदान गरेको छ । वन हाताभित्र ११ वटा सिमसार क्षेत्रमा पोखरी निर्माण गरिएको छ ।
जसले पानीको श्रोत संरक्षण जोर्गेन गर्ने काम गरेको छ । ती पोखरीमा माछापालन गरेर गरिब तथा विपन्न वर्गको आयआर्जन र आर्थिक सम्वृद्धिमा टेवा पुगेको छ । पानीका श्रोत संरक्षणका लागि रिचार्ज सेन्टर संरक्षण गरिएको छ । यसैगरी सामुदायिक वनले काष्ठकला, ब्रिकेट, गंलैचा बुनाई तथा सिकर्मी तालिम मार्फत गरिबी निवारण र स्वरोजगारीलाई प्राथमिकतामा राखेको छ । ५० जना उपभोक्ता महिलाहरुले ३ महिने गंलैचा बुन्ने तालिम लिएपश्चात आयआर्जन गर्न समेत थालिसकेका छन् ।
आयमुलक कार्यक्रम अन्तर्गत समूहका “ग” र “घ” वर्गका विपन्न उपभोक्ताहरुका लागि बाख्रा, माहुरी, साना पसल, तान, धागो, भूजा उत्पादन वा वन पैदावार प्रशोधन गर्ने जस्ता सीप संभाव्यताको आधारमा उपलब्ध गराई पेशा संचालन गर्न उत्साहित पारिने पनि समुहले जनाएको छ । ज्ञटद्ध समुहका अध्यक्षले भन्नुभयो– एकातिर पानीका श्रोत जोगाउने र त्यसैबाट आयआर्जन बढाएर गरिबी निवारणमा योगदान गर्ने उद्धेश्यले समुहले काम गर्दै आएको छ । त्यसैगरी आय आर्जनको लागी दीर्घकालिन काष्ठ तथा गैह््र काष्ठ उद्यमशिलता उन्नत माछापालनको लागि सिमसार क्षेत्रलाई थप व्यवस्थित गर्दै वन क्षेत्र भित्र वनस्पति उद्यान निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन लाई आकर्षित गर्ने र गलैंचा उद्योगलाई अझ व्यवस्थित गरी उपभोक्ताहरुको आयअर्जन बढाउने योजना अनुसार काम भैरहेका छन् ।
संरक्षण र आम्दानीमा धेरै महत्वपूर्ण काम गरेकोले वसन्तपुर सामुदायिक वनले राष्ट्रिय, जिल्ला र स्थानीयस्तरका पुरस्कार समेत प्राप्त गरेको छ । समुहको आफ्नै टेक्टर छ । यसबाट समुहको हरेक कृयाकलापमा सहज भई रोजगारी समेत श्रृजना भएको छ । समूहले स–सना काठ, गोलाइ केही मोटा दाउरा तथा खेर जाने वनपैदावार चिरान गरि त्यसलाई अधिकतम प्रयोग गर्न समिल तथा फर्निचर उद्योग समेत संचालन गरेको छ ।
यस्तै समूहका सदस्यहरुवाट उत्पादन भएको च्याउ तथा तरकारीहरु बजारसम्म पु¥याउन समुहकै सदस्यलाई साइकल किनिदिएपछि सहज भएको छ । समुहले महिला विकासका लागि गोष्ठी तथा तालिमका माध्यमबाट जनचेतना जगाउने, नेतृत्व विकास गराउने, महिलाको नीजी संगठन बनाउने, बचत अभियान संचालन गर्ने लगायतका योजनाहरु पनि अघि सारको छ । राजमार्गको छेउमा हैसियत बिग्रिएको वन क्षेत्रमा गरिब तथा विपन्न वर्गलाई डालेघाँस तथा जडीबुटी खेतीगर्न प्रोत्साहन गरिएको छ ।
जसले गर्दा उनीहरुको आयआर्जन वृद्धि गर्न मद्धत पुगेको छ । त्यस्तै विपन्न वर्गलाई घुम्ती कोष, बंगुरपालन, कुखुरापालन, च्याउखेती, बेमौसमी तरकारी खेतीले उपभोक्ताको जीवनस्तरमा सुधार आएको छ । साल, विजयसाल, साज, कुसुम, गुटेल लगायत विभिन्न प्रजातिका रुखहरुको जंगल रहेको वनमा आगलागी नियन्त्रण, अग्निरेखा निर्माण, नियमित वन गस्ती मार्फत समुहले वन संरक्षण गर्दै आएको छ ।