गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर १३ मा पर्ने राजदेवी सामुदायिक वनले विभिन्न कामहरु गरेर एउटा नमुना वनका रुपमा आफूलाई अघि बढाइरहेको छ । २०५५ सालमा समुदायलाई हस्तान्तरण भएपछि वन उपभोक्ता समुहले १५९.५ हेक्टर क्षेत्रफलमा फैलिएको जंगल हराभरा त पारेको छ नै, गाउँमा पानी लैजाने, पैरो नियन्त्रण गर्ने र सालक संरक्षणदेखि अन्य कामहरु गरेर १३०० जनसंख्याको हितमा योगदान दिँदै आएको छ ।
सालक संरक्षण– लोपोन्मुख तथा संकटापन्न प्रजातिको वन्यजन्तु सालक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै जैविक विविधता संरक्षणको समेत अगुवा बनेको यहाँको उपभोक्ता समुहले लोपोन्मुख र संकटापन्न जीव सालक जोगाउने र बाहिर फेलापारेमा ल्याएर सामुदायिक वनमा छाडिदिने समेत गरेको छ । राजदेवी सामुदायिक वन क्षेत्र प्रसस्तै सालक पाइने सामाजिक विकास द्दघद्ध ठाउँ हो । समुहले २०७५ सालयता मात्रै ३ वटा सालक वनमा छाडेको छ । यसैगरी चोरीतस्करी रोक्ने, सालकको खानपान र बसोवास क्षेत्रको अध्ययन गर्ने काम पनि भैरहेको छ । त्यही कामका लागि सामुदायिक वन उपभोक्ता समुहले २ जनालाई पारिश्रमिक नै दिएर वन क्षेत्र घुमाएको थियो ।
त्यसक्रममा सालक कस्तो ठाउँमा बस्छ, के खान मन पराउँछ त्यसको अध्ययन गरिएको थियो । राजदेवी सामुदायिक वन क्षेत्र सालको वन र रातो माटो भएको क्षेत्र हो । रातो माटो भएको वनमा सालक जस्ता घस्रिने प्राणीहरु आफ्नो बासस्थान बनाउन मन पराउँछन् । त्यसैले दुम्सी पनि यस्तै वनमा बस्छ । वन र जमिन तथा हावापानी सुहाउँदो ठाउँ पाएर सालक त्यहाँ बस्ने अनुमान धेरैले गरेका छन् । तर त्यसको वैज्ञानिक अध्ययन भने भएको छैन् । त्यसैले सालक संरक्षण र थप अध्ययनका लागि सामुदायिक वनले सचेतना अभियान पनि चलाइरहेको छ ।
जैविक विविधता संरक्षणमा नमुना वनका रुपमा विकास गर्ने उद्धेश्यले गण्डकी प्रदेशका मन्त्री, सासंदहरु, वन कार्यालयका अधिकारीहरु, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वनका अगुवाहरु सहितको भेला र छलफल गरेर सालक संरक्षण र त्यसको महत्वका बारेमा छलफल तथा अन्तर्कृयाहरु पनि भएका उपभोक्ता समुहका अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक वनले सालक संरक्षण गरि चोरी तस्करी रोक्न र सालकबारे अध्ययन अनुसन्धान गर्न हेरालु नै राख्ने योजना पनि बनाएको छ । राजमार्गको नजिकै भएकोले यहाँ सालक हेर्न आउनेहरु पनि बढ्न सक्छन् । त्यसैले सालक संरक्षणसँगै अरु जनावर र चराचुरुङी पनि संरक्षण हुन्छ । दोहोरो फाइदा हुन्छ ।
त्यसो भए पर्यापर्यटन क्षेत्र पनि बनाउन सकिन्छ भनेर उपभोक्ता समुहले थप अध्ययन गर्ने योजना बनाएको अध्यक्ष भुजेलले बताउनुभयो । द्दघछ पहिरो रोकथाम– यो सामुदायिक वनले उपभोक्ताको हित र गाउँको विकासमा समेत योगदान गर्दै आएको छ । विकास निर्माण र संरक्षणमा फेकोफनले पनि सघाएको छ । गल्छिना गाउँमा पहिरोको जोखिम बढेपछि तारजाली सहित पर्खाल लगाएर २०–२२ घरधुरीलाई जोगाउने काम भएको छ । सामुदायिक वनले आफूहरुको बस्ती जोगाउने अग्रसरता लिएकोमा उपभोक्ताहरु हर्षित छन् ।
खानेपानी– यसैगरी समुहले खानेपानी गाउँघरमा लैजान सघाएको छ । दरेगाउँ टोलमा ८५ घरधुरीलाई खानेपानी ट्याङ्की निर्माण गरिएको छ भने तीनकिलो टोलमा लिफ्टिङका लागि किसानहरुलाई आर्थिक रुपमा सघाएको छ । यसले गाउँलेहरुलाई खानेपानीको अभाव टार्न मद्धत पुगेको छ र पानी उपलब्ध भएपनि आयआर्जनका काममा तरकारी खेती तथा पशुपालनलाई समेत सघाएको छ । घुम्तीकोष– उपभोक्ता समुहको रकम, फेकोफन गोरखा तथा हरियो वन कार्यक्रमको सहयोगमा स्थापना भएको छ घुम्तीकोष ।
अति विपन्न र गरिब परिवारलाई आयआर्जनमा सघाउन त्यो घुम्तीकोष परिचालन हुँदै आएको छ । त्यो रकमबाट उपभोक्ताले भैसी, बाख्रा, कुखुरा पालन तथा तरकारी खेती लगायत आयआर्जनका काम गरेका छन् । यसैगरी राजदेवी सामुदायिक वनले संरक्षणसँगै सामाजिक गतिविधिमा समेत काम गर्दै आएको छ । वनमा चोरी निकासी रोक्न हेरालु राखिएको छ ।
उपभोक्ताको नेतृत्व र क्षमता विकासका लागि तालिम तथा गोष्ठीहरु चलाउने, तोकिएको समयमै बैठकहरु गर्ने, समुहमा पारदर्शीता र सुशासन कायम गर्ने, महिलाहरुलाई अघि बढाउने, विपन्न, दलित तथा पछाडि पारिएका वर्ग र समुदायको आयआर्जनमा सहयोग गर्ने जस्ता कामहरु गरेर राजदेवी सामुदायिक वन उपभोक्ता समुहले आवद्ध १३ सय जनसंख्यालाई लाभ हुने काम र जिल्लामा नमुना सामुदायिक वनका रुपमा पनि काम गर्दै आएको छ ।