कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर वडा नम्वर ४ मा रहेको भैरम सामुदायिक वन टिमुर नर्सरीका लागि नेपालकै प्रसिद्ध छ । टिमुर बहुउपयोगी जडिबुटी र मसलाका लागि समेत उत्तिकै प्रसिद्ध र स्वास्थ्यवर्धक हुन्छ । टिमुर नर्सरी सामुदायिक वनस्तरमा भएको नेपालकै पहिलो हो । नर्सरीमा उत्पादित टिमुरका बिरुवा अन्य जिल्लामा समेत निर्यात हुँदै आएको छ । नर्सरी मात्रै हैन, बहुराष्ट्रिय कम्पनी डावर नेपालसँगको सहकार्यमा २०७३ मा सम्झौता गरी ग्रिन हाउस नर्सरी निर्माण तथा सञ्चालन गरिएको छ ।
उत्पादनका लागि वनमा १ लाख २० हजार बोट टिमुर समेत रोपिएको छ । यसले फल दिन थालेपछि सामुदायिक वन र उपभोक्ताहरुको आयआर्जनमा सघाउने अपेक्षा समुहको छ । कर्णाली प्रदेश आफैमा जडीबुटीको अथाह भण्डार क्षेत्र मानिन्छ । त्यसमाथि प्रदेश सदरमुकाम रहेको सुर्खेतका सामुदायिक वनहरुले पनि जडीबुटीको द्दडघ केन्द्रका रुपमा आफ्ना खाली ठाउँहरुलाई भरिभराउ बनाउँदै छन् । यसले अवको केही बर्षमा सुर्खेतमा जडीबुटी प्रशोधन उद्योग नै सञ्चालन गरेर प्रदेशका जनताको आर्थिक सम्वृद्धिमा टेवा दिन सकिने अपेक्षा सामुदायिक वनहरुको छ । भैरम सामुदायिक वन पनि त्यसैका लागि योजना बनाएर काम गरिरहेको छ ।
समुहले टिमुर बाहेक तेजपात, जामुन, रुद्राक्ष, वेत, हर्रो,खबर्रो, कुरीलो का ३५ हजार बिरुवा प्लान्ट बनाइ रोपेको छ । त्यसले विस्तारै आम्दानी दिन थालेको छ भने यी कामबाट उपभोक्ताले ज्यालादारी रोजगारी पाएका छन् । ४ जना हेरालु छन् । नर्सरीमा थप २ जना महिलाले रोजगारी पाएका छन् । समुहले बाँस तथा बेतका सामाग्री बनाउने तालिम दिएर उपभोक्ताहरुलाई स्वरोजगार बनाएको छ भने कोराना महामारीका बेला अप्ठ्यारोमा परेकाहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग दिएको छ । यस्तै राहत उपलब्ध गराउन स्थानीय तहलाई आर्थिक सहयोग प्रदान गरेको छ । भैरम सामुदायिक वन २०५६ सालमा उपभोक्ता समुहलाई हस्तान्तरण भएको हो ।
समुहले वनको दिगो व्यवस्थापन गरि वन पैदावारमा आत्मनिर्भर हुने, पर्यापर्यटन मार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यापर्यटनका कार्यहरुका रुपमा पार्क, चिडियाघर, वनभोजस्थल, वनस्पति उद्यान तथा पोखरी र झरना निर्माण, पानी संरक्षणस्थल निर्माण जस्ता पूर्वाधारमा पनि काम हुँदैछन् । पर्यापर्यटनका कार्य अन्तर्गतप्रदेश सरकारको सहयोगमा शहीद पार्क तथा वनस्पति उद्यान निर्माण भै संचालन भईरहेको छ ।
यसैगरी पदमार्ग बनाएर सञ्चालन गरिएको छ । यस्तै खोल्सा तथा पहिरो रोकथाम गर्ने, तटवन्ध बनाउने, जैविक विधितामा जोडदिनुपर्ने, गरिब, विपन्न, महिला, दलित र पिछडिएका वर्गको उत्थानमा जोडदिने योजना समुहले बनाएको छ । गाउँमै, समुहमै र परिवारमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्ने र सम्वृद्धिमा जोडदिने योजना बनाएको समुहका अध्यक्ष अम्मरबहादुर कार्कीले जानकारी दिनुभयो । द्दडद्ध छाडा चरिचरन, कटानी, बाढीपहिरो, वन डढेलोले वन विनास हुँदा संरक्षणमा बाधा पुगेको छ ।
वैकल्पिक उर्जामा सघाएको छ । बिजुली, एलपी ग्यास, गोबरग्यास प्लान्ट, सुधारिएको चुलोमा सघाएको छ । यसले वनको श्रोत जोगाउन सहज भएको छ । रोजगारीका सिर्जना भएका छन् । वनको दिगो व्यवस्थापन गरी वन पैदावारमा आत्मनिर्भर हुने, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका उच्चमुल्यका बिरुवा उत्पादन गरेर आम्दानी बढाउने लक्ष्य समुहको छ । यस्तै समुहका उपभोक्तालाई आर्थिक, सामाजिक र भौतिक रुपमा सम्पन्न बनाउने, दक्ष जनशक्ति निर्माण गर्ने, जैविक विविधता संरक्षण, गरिब, महिला, दलित तथा पछाडि पारिएका वर्ग समुदायको उत्थानगरि बढीभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्दै बाह्य आयात कम गर्ने योजना पनि उपभोक्ता समुहले अघि सारेको छ ।
भैरम सामुदायिक वनलाई अहिलेको अवस्थामा ल्याईपु¥याउन उपभोक्ताको योगदान महत्वपूर्ण छ । छाडा चरिचरन तथा अव्यवस्थित कटानी, बाढीपहिरो र डढेलो जस्ता समस्याले बिग्रदै गएपछि पुनरोत्पादनमा नकारात्मक असर त परेको थियो नै, एकभारी घाँस दाउरा प्राप्त गर्न समेत कठिनाई भएपछि वनलाई उपभोक्ताले संरक्षण गरेर जोगाएका हुन् । वन संरक्षणलाई ध्यानमा राखी उपभोक्ताहरु वैकल्पिक उर्जामा अग्रसर भएका छन् ।
बिजुली, एल.पी. ग्यास, गोबर ग्यास प्लान्ट, सुधारिएको चुलोमा उनीहरुको आकर्षण बढेको छ । स्टिल फलाम, आल्मुनियम जस्ता साधनहरु प्रयोगले काठको मागमा केही भएपनि कमी आएको छ ।