चुरेको संरक्षण र दिगो व्यवस्थापनका लागि समुदायकै सहभागिता हुनुपर्नेमा जोड

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले चुरे क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनका लागि समुदायलाई नै अग्रसर बनाउनुपर्ने बताउनुभएको छ ।

मानवअधिकारका क्षेत्रमा क्रियाशिल इन्सेक नेपालले संस्थापक महासचिव प्रकाश काफ्लेको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष भण्डारीले स्थानीय समुदायको सहभागिता र व्यवस्थापनमा मात्रै चुरे क्षेत्रको संरक्षण दिगो हुने बताउनुभयो ।

अध्यक्ष भण्डारीले नेपालका ३७ जिल्लालाई समावेस गरी २०७१ सालदेखि सरकारले वातावरण ऐन अनुसार चुरे क्षेत्र घोषणा गरेपछि चुरे क्षेत्रको दोहन भइरहेको स्मरण गराउँदै राष्ट्रपति चुरे संरक्षण समितिका नाममा अर्बौ खर्च गर्दा पनि उपलव्धि नआएको भन्दै समुदाय र सामुदायिक वनका उपभोक्ताले चुरे संरक्षणमा योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

समुदायका एक करोड ६२ लाख घरपरिवारबाट चुरे संरक्षण गर्ने अभियानमा एक भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । समुदायले संरक्षण गरेको सामुदायिक वनमा हरियाली बढेको र पोखरी तथा जलासयहरु निर्माण पनि भएको तथा आगलागी नियन्त्रण गरिएको उदाहरण दिँदै अध्यक्ष भण्डारीले समुदायको योगदानको मुल्यांकन गर्नुपर्ने पनि बताउनुभयो ।

त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त डा. गौरीशंकरलाल दासले चुरेमा भइरहेको अत्यधिक दोहनको असर मधेशमा देखिन थालेको बताउनु भएको थियो । त्यस अवसरमा चुरे संरक्षण अभियन्ता सुनिल कुमार यादवलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : 2 अगस्ट 2025, शनिवार
प्रतिक्रिया दिनुहोस