
काठमाडौं । “समयमै कार्ययोजना नविकरण गरौः सामुदायिक वनलाई गतिशिल बनाऔ” भन्ने नाराका साथ देशभर सामुदायिक वन दिवस भव्य र उत्साहपूर्ण रुपमा मनाइएको छ ।
मुलुकभर रहेका २३ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहहरुले आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरेर सामुदायिक वन दिवस मनाएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले सप्ताहव्यापी कार्यक्रमसहित केन्द्रीय स्तरमा भव्य रुपमा वन दिवस मनाएको छ । महासंघले अन्तर्कृयादेखि रचनात्मक कार्यक्रम र वृक्षरोपणदेखि रक्तदानसम्मका कार्यक्रम आयोजना गरेको छ ।
यसैगरी प्रदेश तथा जिल्ला र स्थानीय महासंघहरुले पनि आआफ्नो क्षेत्रमा विभिन्न गतिविधिहरु गरिरहेका छन् । देशभरका समूहरुले पायकपर्ने र खाली क्षेत्रमा वृक्षरोपण अभियान नै चलाउरु सामुदायिक वन दिवस मनाइरहेका छन् ।
धेरै समूहहरुले वृक्षरोपण र अन्तर्कृया गरेका छन् । त्यस अवसरमा स्थानीय प्रजातिका र उद्यम तथा उत्पादनमुलक विरुवाहरु पनि रोपिएको छ ।
यसैगरी अन्तर्कृया कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहहरुको कार्ययोजना नविकरण समयमै हुन नसक्दा भोग्नुपरेका समस्यादेखि तेहेरो करसम्मका विषयमा छलफल भएको छ । यसैगरी कतिपय क्षेत्रम उत्कृठ समूहहरुलाई पुरस्कृत तथा सम्मानित गरेर सामुदायिक वन दिवस मनाइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघले सप्ताहव्यापी कार्यक्रमसहित केन्द्रीय स्तरमा अन्तर्कृयादेखि रचनात्मक कार्यक्रम र वृक्षरोपणदेखि रक्तदानसम्मका कार्यक्रम आयोजना गरेर मनाएको छ ।
सातवटै प्रदेश तथा ७७ वटै जिल्लाहरु र स्थानीय महासंघ तथा उपभोक्ता समूहहरुलाई पनि विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस साउन २५ लाई भव्य रुपमा मनाउन महासंघले आग्रह गरेको थियो ।
सामुदायिक वन दिवस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा पनि भव्य रुपमा मनाइयो ।
बागमती प्रदेशका १३ वटै जिल्लाहरू (काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप र चितवन )मा सामुदायिक वन दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लाहरू (काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप र चितवन ) र स्थानीय महासंघ तथा उपभोक्ताहरुले पनि वन दिवस भव्य रुपमा मनाएका छन् ।
यसैगरी गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, तथा गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको नवलपुर जिल्लामा पनि वन दिवस उपभोक्ताहरुले भव्य रुपमा मनाएका छन ।
लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकमु पुर्व, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया र नवलपरासीमा पनि वन दिवस मनाइएको छ ।
कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत जिल्लामा पनि वन दिवसको उत्साह व्यापक रह्यो । भव्य रुपमा मनाइयो ।
यस्तै सुदूरपश्चिमा दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, तथा बझाङ, बाजुरा, डोटी, अछाम र कैलालीमा पनि सामुदायिक वन दिवस विशेष कार्यक्रमसहित मनाइएको छ ।
केन्द्रको शुभकामना
सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष ठाकुर भण्डारीले वन मानव जीवनको अभिन्न अंग भएकोले परिवर्तनका सम्बाहक सबै सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई आफ्नो हक अधिकार र दिगो वन व्यवस्थापनका पक्षमा निरन्तर लाग्न आग्रह गर्नुभएको छ ।
सामुदायिक वनको अधिकार सुनिश्चितताको लागि निरन्तर पैरवीमा लागि रहेको सामुदायिक वनहरुको अभिभावक छाता सगठन सामुदायिक वन उपभोक्ता महासघ नेपालले सधै उपभोक्ता अधिकारका पक्षमा काम गरिरहने प्रतिवद्दता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही, उपाध्यक्ष मोहमद कर खाँ, मञ्जु मलासी, महासचिव पार्वता गौतम, उपमहासचिव भरत घले, सिता श्रेष्ठ, सचिव डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपानेले पनि शुभकामना दिँदै समृद्ध नेपाल सुखी नेपाली निर्माणको आकांक्षा र राष्ट्रिय गन्तव्यमा सामुदायिक वन सहयोगीको एक महत्वपूर्ण क्षेत्रको रुपमा अगाडि बढने उल्लेख गर्नुभएको छ ।
२०३० साल साउन २५ स्थानीय समुदायलयाई वन संरक्षण र व्यवस्थापनको जिम्मा दिएको दिनको स्मरण गर्दै हरेक वर्ष साउन २५ मा सामुदायिक वन दिवस मनाउने गरिएको छ ।