तीनै तहका वन ऐनका विषयमा अन्तरक्रिया

गुल्मी, पुस १७ । गुल्मीको छत्रकोट गाउँपालिकामा संघ, प्रदेश र स्थानीय वन ऐनबारे छलफल सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गुल्मी र डिभिजन वन कार्यालय गुल्मीले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले संघीय वन ऐन र महासंघले खेलेको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । उहाँले नयाँ बन्ने वन ऐनहरु समुदायमुखी बन्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले प्रदेश वन ऐनको ड्राफ्ट र वन कार्यालयले खेलेको भूमिकाका बारेमा जानकारी दिनुभएको थियो ।

त्यसैगरी छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले छत्रकोट गाउँपालिकाले बनाएको वन ऐनबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी अन्य गाउँपालिका प्रतिनिधिहरुले अब बनाइने स्थानीय वन ऐनका लागि कार्यक्रममार्फत महत्वपूर्ण जानकारी पाइएको बताएका थिए । सो अवसरमा रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतम, छत्रकोट गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारी, रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी लगायतको उपस्थिति थियो ।

अन्तक्र्रिया कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश महासंघका महासचिव राम मल्ल ठकुरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 1 जनवरी 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस