पश्चिमी वायुको प्रभाव : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको छ ।

अहिले तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार पश्चिम, मध्य र पूर्वी तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो साँझसम्म हट्ने छ ।

शुक्रबार पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने र पूर्वी र मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो देखिएकोले ती स्थानहरुमा राम्रोसँग घाम नलाग्ने हुँदा तापक्रममा गिरावट आइ चिसो बढ्ने महाशााको पूर्वानुमान छ ।

प्रकाशित मिति : 20 डिसेम्बर 2019, शुक्रवार
प्रतिक्रिया दिनुहोस