माैसम : हुस्सु र कुहिराेका कारण तापक्रम घट्याे

काठमाण्डाै – साेमबार बिहान तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा तापक्रममा गिरावट देखिएकोले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहान लागेकाे हुस्सु र कुहिरो दिउँसो सम्ममा हट्ने जनाएको छ । आगामी तीन दिनसम्म पूर्वी पहाडी भेगमा मौसममा सामान्य बदली हुने भए पनि बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 23 डिसेम्बर 2019, सोमवार
प्रतिक्रिया दिनुहोस