अमेरिकाको न्यूयोर्कमा अहिलेसम्मकै पुरानो रूखको अवशेष फेला परेको छ । एउटा खाली भागमा ३८ करोड ६० लाख वर्ष पुरानो रूखको अवशेष फेला परेको हो । वैज्ञानिकहरूले यो रूखको जंगल एकदमै व्यापक फैलिएको अनुमान गरेका छन् ।
यसअघि संसारको सबभन्दा पुरानो रूखको अवशेष गिलबोआ रूखलाई मानिन्थ्यो, जुन न्यूयोर्कमै फेला परेको थियो । अहिले फेला परेको अवशेष गिलबोआभन्दा २० वा ३० लाख वर्ष पुरानो भएको वैज्ञानिकहरूले अनुमान गरेका छन् । यो खोजले रूखको विकासबारे नयाँ जानकारी हासिल हुने वैज्ञानिकहरूको आशा छ।
कार्डिफ विश्वविद्यालयका प्रागवनस्पतिविद् डा. क्रिस बेरीको सहकार्यमा यसबारे लिखित प्रतिवेदन ‘करेन्ट बायोलोजी’ मा प्रकाशित छ गरिएकाे छ ।
वैज्ञानिकहरूका अनुसार यो जंगल बाढीका कारण नास भएको थियो । उनीहरूले यही ठाउँमा माछाका अवशेष पनि फेला पारेका छन् । यो खोजले पृथ्वीको विगतबारे जान्न धेरै मद्दत पुग्ने वैज्ञानिकहरू बताउँछन् ।