चिलिमा डढेलो : १ सय ५० घर जले

चिलिको भालपराइसो शहर नजिकैको जंगलमा लागेको डढेलोमा करिब १५० घर जलेर नष्ट भएका छन् । जंगलबाट फैलिएको आगोका कारण शहरबाट ठूलो संख्यामा मानिसलाई स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ । भालपराइसो दक्षिण अमेरिकी राष्ट्र चिलीको प्रमुख पर्यटकीय क्षेत्र हो ।

डढेलो नियन्त्रणमा लिनका लागि सयौँ संख्यामा अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । आगलागीमा मानवीय क्षति भने नभएको जनाइएको छ ।

हालसम्म १२० हेक्टर जंगली क्षेत्र डढेलोको कारण नष्ट भएको बीबीसीको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : 26 डिसेम्बर 2019, बिहिवार
प्रतिक्रिया दिनुहोस