
पारिवारिक निजी वन संघ नेपालको दोस्राे संघीय महाधिवेशनबाट अध्यक्ष पदमा जोगराज गिरी निर्वाचित भएका छन् । पौष ११ र १२ गते काठमाण्डौमा सम्पन्न भएको महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
गिरीले उनका प्रतिद्वन्द्वी गोबिन्द बहादुर शाहीलाई पराजित गरेका हुन् । गिरी १६० मत प्राप्त गरी विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी गोविन्द बहादुर शाहीले ४४ मत प्राप्त गरी पराजित भएका हुन् ।
यस्तै सचिवमा नविन पौडेल, कोषाध्यक्षमा राजेन्द्र भट्ट, विजयी भएका छन् ।
प्रकाशित मिति : 29 डिसेम्बर 2019, आइतवार