
काठमाण्डाै – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबार देशभरको मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसमविदले बताएका छन् ।
राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
यसैगरी शुक्रबार पनि देशभर बदली र वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
तीन दिनको मौसम पूर्वानुमान
पुस १७ गते (विहीबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।
पुस १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
पुस १९ गते (शुनिबार)
दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।