पश्चिमी वायुको प्रभावले मौसममा फेरि बदली आउने भएको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य भूभागमा आंशिक बदली रहनेछ।
पश्चिम र पूर्वका केही स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । यसको प्रभाव मङ्गलबार थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा वर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पौष २१ गते (सोमबार)
दिउँसोः देशको पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पूर्वका केही स्थानमा हल्का बर्षाको संभावना छ।
रातिः देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका केही स्थानमा हल्का बर्षाको संभावना छ । देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
पौष २२ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ भने पूर्वी भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पश्चिमी भू-भाग, मध्य र पूर्वका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
पौष २३ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।