कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले सामुदायिक वनका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई घुससहित पक्राउ गरेको हो ।
सामुदायिक वन क्षेत्रभित्र पर्ने कानीखोला पुल नजिकबाट माटो झिकेको भनी माटो झिक्न प्रयोग भएको एक्स्काभेटर नियन्त्रणमा लिएर घुस माग गरेको अख्तियारले जनाएको छ । दुवै जनालाई घुस लिइसकेको अवस्थामा सामुदायिक वनको कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।
घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
प्रकाशित मिति : 6 जनवरी 2020, सोमवार