अष्ट्रेलिया आगलागीमा अग्नि नियन्त्रकले बचाए २० करोड वर्ष पुराना २ सय रुख

अष्ट्रेलियाको आगलागीमा करिब ५० लाख एकड क्षेत्रमा रहेको जंगल नष्ट भएपनि अग्नि नियन्त्रकरुले करिब २ सय प्राचीन रुखहरु जोगाउन सफल भएका छन् ।

‘वोलेमी पाइन्स’ प्रजातिका यी रुख ‘डाइनोसर ट्रीज’ का नाममा पनि परिचित छ । यी रुखहरु २० करोड वर्षदेखि पुरानो भएको मानिएको छ ।

न्यु साउथ वेल्सका पर्यावरण मन्त्री म्याट केनका अनुसार ‘वोलेमी पाइन्स’ प्रजातिका यी रुख विश्वमा केवल ब्लु माउन्टेन्सको जङ्गल क्षेत्रमामात्र पाइन्छ । यी रुख रहेको वास्तविक क्षेत्र गोप्य राखिएको छ ।

आगलागी हुने बित्तिकै ती रुख बचाउनको लागि एक अपरेशन सुरु गरिएको केनले बताएका छन् । अग्नि नियन्त्रकहरुले पहिला ‘वाटर बम्बिङ्ग जेट’ को सहायताले ती रुख वरिपरि पानी र आगो निभाउने फोम छर्किएका थिए । आगो कम भइसकेपछि उनीहरु जङ्गलभित्र छिरेर यी रुखहरुमा आगोको प्रभाव कम गराएर बचाएका थिए ।

२६ वर्ष अघिमात्रै ती रुखहरु अझै पनि अस्तित्वमा रहेको कुरा थाहा भएको केनले बताएका छन् त्यसअघि यी रुख लोप भइसकेको बताइने गरिको द गार्जियनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 19 जनवरी 2020, आइतवार
प्रतिक्रिया दिनुहोस