
काठमाण्डौ – माघ १७ गतेदेखि १९ गतेसम्म नेपाल उड इन्टरनेसनल एक्सपो तथा नेपाल इन्टरनेसनल फ्युचरेक्स एन्ड होम डेकोर इन्टरनेसनल एक्सपो आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको यो एक्सपो काठमाण्डौको भृकृटीमण्डपमा हुने मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको हो । उक्त मेलाबाट फर्निचर, प्लाइउड तथा काठका औजार कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले काठजन्य उत्पादनबारे जानकारी लिन सक्ने आयोजक कम्पनीले जनाएको छ ।
यो मेलामा विभिन्न देशका २ सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने छन् ।
प्रदर्शनीमा नेपालका आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ । प्रदर्शनीको उद्देश्य नेपालमा भएका उच्चस्तरको काठ प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्री बनाई निर्यात गर्ने वातावरण बनाउनु रहेको कम्पनीले जनाएको छ ।