‘वैज्ञानिक वन व्यवस्थापन खारेज गर्नैपर्छ’

नवलपुर, असोज १५ । देशभरका वनमा जबरजस्ती लागु गरिएको वैज्ञानिक वन कार्ययोजना तत्काल खारेज गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल (फेकोफन) का केन्द्रीय सचिव ठाकुर भण्डारीले माग राख्नुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ हुक्सेकोट नवलपुरले मंगलबार आयोजना गरेको सामुदायिक वनका सवाल विषयक अन्तक्र्रियामा बोल्नुहुँदै उहाँले संसारमा कतै नभएको अवैज्ञानिक पद्धतिलाई नेपालका वन कर्मचारीले वैज्ञानिक नाम दिएर सामुदायिक वनमा बितण्डा मच्चाएको आरोप लगाउनुभयो।

‘छानवीन समितिले ल्याएको प्रतिवेदन अन्तर्गत चुरे संरक्षण क्षेत्रलाई विस्तार कार्यक्रम हटाउनुपर्छ र सामुदायिक वनका वनपैदावार स्वतन्त्र रुपमा उपभोक्ताले विक्री वितरण गर्न पाउनुपर्छ’, उहाँले भन्नुभयो । साथै सामुदायिक वन र वन उपभोक्ता महासंघको विरुद्धमा केही गलत व्यक्तिले अफवाह फैलाउँदै हिँडेको प्रति आपत्ति प्रकट गर्नुभयो ।

विराट सामुदायिक वनका पूर्व अध्यक्ष ताराबहादुर कार्कीले भने अब उपभोक्ता चुप लागेर बस्नुको विकल्प नरहेको बताउँदै वनमा घाटगद्दी गरिएको काठ कुहिन लागिसकेको जानकारी दिनुभयो ।

विराट सामुदायिक वनका पूर्व अध्यक्ष ताराबहादुर कार्कीले भने, ‘अब उपभोक्ता चुप लागेर बस्दैनन् वनमा घाटगद्दी गरिएको काठ कुहिन लागिसक्यो बेच्न पाउने कहिले हो ? नवलपुर फेकोफनका अध्यक्ष ठाकुर पाण्डे,कोषाध्यक्ष होमनाथ पाण्डे र आफुहरूले बुटवलमा वैज्ञानिक वनको तीन दिनको तालिम लिएपछि सहमतिमा यो कार्यक्रम लागू गरिएको हो । अहिले यसमा किन असहमति भयो रु

मयुर पोखरी वनका अध्यक्ष मदन थापा तथा बिराट सामुदायिक वनका पूर्व पदाधिकारी ईश्वरी रेग्मीले सो कार्यक्रममा असन्तुष्टि पोखेका थिए । वन कर्मचारी र जिल्ला फेकोफनको द्वैध चरित्रले समुदायमा काम गर्न गाह्रो भएको उपभोक्ताले गुनासो  पोखेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि छबिलाल मिधुनले विभिन्न बिषयमा कुरा उठाएका थिए । हुप्सेकोटका १९ वटा सामुदायिक वनद्वारा संयुक्त रूपमा आयोजित अन्तरक्रियामा प्रतिनिधिमूलक ढंगले करिव एकसय जनाको उपस्थिति रहेको थियो । दर्जन बढि सहभागिले जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : 1 अक्टोबर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस