मस्र्याङ्दी गाउँपालिकालाई महासंघको रु दुई लाख पचास हजार सहयोग

लमजुङ, असोज १५ । मस्र्याङ्दी गाउँपालिकाको विपद व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले आज रु दुई लाख पचास हजार सहयोग गरेको छ ।

आज गाउँपालिका कार्ययालयमा आयोजित एक कार्यक्रममा महासंघका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गलाई सो रकम हस्तान्तरण गर्नुभएको होे । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव वन्यजन्तुबीचको द्वन्द एक मुख्य चुनौतीको रहेको बताउनुभयो ।

“विशेष गरी चितुवाबाट मानिस घाइते हुने, घरपालुवा पशुपंक्षीको हानी नोक्सानी, मृग, बँदेल, दुम्सी, भालु तथा बाँदरबाट अन्नबालीको क्षति हुनु द्वन्दको मुख्य कारण हो”, उहाँले भन्नुभयो । वन्यजन्तुले पु¥याएका क्षतिका कारण स्थानिय समुदायमा वन्यजन्तु प्रति नकरात्मक सोचको विकास भई बदलाको भाव पैदा भएको उहाँको भनाई छ ।

वन्यजन्तुले पुर्याएको क्षति व्यवस्थापनका लागि सो रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तुको व्यवस्थापनको लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाइएको र उक्त कार्यविधिको कार्यान्वयन यही १९ गतेबाट हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदिले कास्की र तनहँुमा विगत ५ वर्ष देखी फेकोफनको नेतृत्वमा यस सम्बन्धी काम भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1 अक्टोबर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस