बाजुराः महिलाहरुले शुरु गरे सामुदायीक वनमा बेसार खेती

बाजुरा — बुढिनन्दा नगरपालिका ८ का स्थानिय महिलाहरुले सामुदायिक बनमा बेसार खेती शुरु गरेका छन् । महिला कृषक समुहले गाँउमा रहेको हरियाली सामुदायिक बनमा बेसार खेति शुरु गरेको समुहकि अध्यक्ष दन्ता बोहोराले वताएकि छन् ।

सामुदायिक बनमा बाँझो जग्गालाई उपयोग सँगै बेसार खेतिमा आर्कषित गर्नका लागि महिलाहरुको समुह मिलेर बेसार खेति शुरु गरेको स्थानिय कृषक महिला निर्मला बोहोराले वताएकि छन् । सामुदायिक बनमा हाल ८ हेक्टर जमिना अदुवा र बेसार लगाएर खेति शुरु गरेका छन् ।

बेसार खेति शुरु गर्नका लागि पिसिविन नाम गैर सरकारी संस्थाले सम्पूर्ण परियोजना अन्र्तगत सहयोग गरिएको परियोजना संयोजक गोबिन्द्र थापाले वताएका छन् । अदुवा र बेसारको लागि २ कुन्टल बिउँ र कृषक महिलालाई सहजिकरण गरेर बेसार खेति शुरु गर्न लगाएको थापाले वताएका छन् । महिलाहरुलाई बेसार खेतिमा आर्कषित सँगै उनिहरुलाई ब्यबसाहिक बनाउनका लागि सहयोग गरेको उनले वताए ।

कृषक महिला सँमुहरुको कृषक पाठाशाला मार्फत कृर्षि बारे जानकारी गर्ने गरेका छन् । हप्ताको एकपटक कृषक महिलाहरु भेला गरेर कृषिका बारेमा ज्ञानआदन प्रदान गर्ने गरेका छन् । समुहको छलफल बाट बेसार खेति गर्ने योजना गरयौ, सबै मिलेर सामुदायिक बनमा खेति शुरु गरेको सन्तोषि बिकले वताएकि छन् । सामुदायिक बनमा यसरी महिलाहरुले ब्यबसायि खेति शुरु गरेको बाजुरामा पहिलो पटक रहेको छ ।

थोरै मिहेनतमा बाँझो जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि कृषक महिलाहरु बेसार खेतीमा जुटेका छन् । चैत महिना बाट सामुदायिक बनमा बेसार खेति शुरु गरेको छौ, फेरि पनि बाझो जमिनमा खेति बिस्तार गर्दै जाने समुहकि अध्यक्ष दन्ता बोहोराले वताईन् । आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती शुरु गरिएको बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् । बेसार खेति बाट अन्नबाली भन्दा राम्रो कमाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । पछिल्लो समय बाजुरामा महिलाहरु कृषि पेशामा आकर्षित बन्दै गएका छन् ।

बढिमालीका खबरबाट

प्रकाशित मिति : 3 अक्टोबर 2020, शनिवार
प्रतिक्रिया दिनुहोस