सामुदायिक वन उपभोगको अधिकार उपभोक्ताकै हुनुपर्छ : मन्त्री थापामगर

काठमाडौँ, कात्तिक २ । गण्डकी प्रदेशका भूमीव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले स्थानीयले संरक्षण गर्दै आएको सामुदायिक वनको उपभोग गर्ने अधिकार स्थानीयकै हुनुपर्ने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले शनिबार आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले स्थानीय सरकारले सामुदायिक वनमा लगानी गर्नुपर्ने बताउनुभयो । “सरकारले नीति बनाएर अघि बढ्नु आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले वन क्षेत्रलाई सही ढंगबाट व्यवस्थापन गरी अघि बढ्न सके देशको आर्थिक आयआर्जन बृद्धि भई देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नरबहादुर गुरुङले सरकारले सामुदायिक वन माथि विभिन्न बहानामा अंकुस लगाउन खोजेको बताउनुभयो । “राज्यका तीनै तहले सामुदायिक वनसँग विभिन्न बहानामा कर उठाउँदै आउनु उपभोक्तामाथिको अन्याय हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कलम लामिछानेले समुदायको हितका निम्ति काम गरिरहेको बताउनुभयो । “सामुदायिक वन नितान्त सेवामूलक संस्था हो, यसले समुदायमा जनवकालत गर्ने काम गर्छ”, उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा नमुना सामुदायिक वनको व्यवस्थापनमा राजदेवी सामुदायिक वनले गर्दै आएका नमुनका कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष हरि खनाल, गैह्रसरकारी संस्था महासंघ गोरखाका सचिव हरि देवकोटा, महासंघका कोषाध्यक्ष पार्वती पाठक लगायतले सम्बोधन भन्नुभएको थियो ।

त्यसैगरी असोजमा नमुना सामुदायिक वन उपभोक्ता समुहको अध्ययन, अवलोकन गर्ने सन्दर्भमा वनका उपभोक्ता तथा गण्डकी प्रदेशका वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको थियो ।

सो अवसरमा उहाँले नमुना समुदायिक वनको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । अवलोकनमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, प्रदेश सचिव किशोर सपकोटा, विभिन्न वडाका अध्यक्षहरु, सामुदायिक वन उपभोक्ता समिति प्रदेश महासंघ कास्कीका अध्यक्ष कालीदास सुवेदी लगायतको सहभागीता थियो ।

त्यसैगरी असोजमा नै फेकोफन लुम्बिनी प्रदेशले हरियो वन कार्यक्रम अन्तर्गत राजदेवी सामुदायिक वनको अवलोकन गरिएको थियो । नमुना सामुदायिक वन बनाउने उदेश्य लिइ समुहको संस्थागत क्षमता आँकलन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा बेत बाँस फर्निचर सम्बन्धि एक महिने तालीम समापन कालापानी सामुदायिक वनको अवलोकन गरिएको थियो ।

सो अवसरमा संघिय साँसद बिमला बि.क., लुम्बिनी प्रदेसका साँसद तिलकराम शर्मा, लुम्बिनी प्रदेसका अर्का साँसद दिपेश चौधरी, राजापुर नगरपालिकाका नगर प्रमुख जिल्ला समन्वय समितिका सदस्य शान्ति चौधरी, फेकोफन केन्द्रका सदस्य महम्मद कर खाँ, फेकोफन बर्दियाका अध्यक्ष तथा नागरिक सञ्जालका अध्यक्ष, पत्रकार महासंघका बर्दियाका उपाध्यक्ष, अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष लगायत समुहको उपस्थिति रहेको थियो । उपस्थित सबैले आ–अफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : 18 अक्टोबर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस