
महेश बोहरा
कार्तिक ६, गुल्मी । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीले वनले दिने प्राविधिक तथा अन्य सेवा स्थानीय सरकार मार्फत प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छत्रकोट स्थानीय महासंघ गुल्मीले आज आयोजना गरेको स्थानीय महासंघको कार्यालय उद्घाटन र सामुदायिक वनका नीतिगत सवाल विषयक कार्यक्रममा उहाँले स्थानीय वन ऐन बनाउन स्थानीय सरकारसँग छलफल गरिरहेको बताउनु भयो ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष मुकृष्ण पन्तले महासंघले स्थापनाकालदेखि गरेको काम प्रभावकारी रहेको जिकिर गर्नुभयो । विगतदेखी महासंघसँग नजिक रहेर छलफल गरिरहेको बताउँदै स्थानीय वन ऐन बनाई सरकारका संरचनाअनुसार काम गर्दै जाने दाबी गर्नुभयो । उहाँले वनमा भएका जडीबुटी तथा अन्य उत्पादनलाई पहिचान गरी व्यवसायिक रुपमा लैजाने बताउनुभयो ।
महासंघका प्रदेश महासचिव राममल्ल ठकुरीले गाउँपालिकामा गरेका सिकाईहरु अन्य ठाउँमा लैजाने बताउनुभयो । स्थानीय महासंघका अध्यक्ष विष्णु पौडेलले यस गाउँपालिकाका वन क्षेत्रको डाटा व्यवस्थित गर्ने बताउनुभयो । कार्यक्रममा छत्रकोट गाउँपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि छत्रकोट गाउपालिका अध्यक्ष मुकृष्ण पन्त, विषेष अतिथि महासंघ केन्द्रिय सचिव ठाकुर भण्डारी रहनुभएको थियो । प्रदेश महासचिव राममल्ल ठकुरी, वडाध्यक्ष डिलाराम न्यौपानेको आतिथ्यतामा स्थानिय महासंघका उपाध्यक्ष मार्कन्य भण्डारीले संचालन तथा स्थानियमहासंघ अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।