महासंघद्वारा दश महिला अध्यक्ष सम्मानित

काठमाडौँ, मङ्सिर १४ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ कास्कीले जिल्लाका दश सामुदायिक वनका महिला अध्यक्षलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा सम्मान गरेको छ ।

महासंघले पास्तेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवी सुवेदी, लाम्पाटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता अधिकारी, टाकाञ्जा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खिमादेवी बाँस्तोला, सिउँडीबार सामुदायिक वनका अध्यक्ष गंगा पराजुली,  शुक्लागण्डकी महिला सामुदायिक वनका अध्यक्ष गीता न्यौपाने, सतीदेवी सामुदायिक वनका अध्यक्ष जमुना लामिछाने, तल्लो पैरो ठूलो पाखा सामुदायिक वनका अध्यक्ष पशुपति के.शी., झाँक्रीखोला सामुदायिक वनका अध्यक्ष सरस्वती बस्ताकोटी, मुहानखोला चाँपे सामुदायिक वनका अध्यक्ष बसन्तकुमारी महत र लौरुक सामुदायिक वनका अध्यक्ष तुलसी बस्नेतलाई सम्मानपत्र खादासहित सम्मान गरेको हो ।

सम्मानपत्र दिँदै गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सामाजिक क्षेत्रमा काम गर्ने महिलाले हरेक दिन सम्मान हुन आवश्यक रहेको बताउनुभयो । फेकोफन गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले महिलामाथि हिंसा हुन नदिन महासंघ सधैं कटिबद्ध रहेको बताउदै दिगो वन व्यवस्थापनलाई कमजोर वनाउदै वातावरणीय पक्षलाई नामेट पार्ने गरी ल्याईएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज हुनु पर्ने बताउनुभयो । यसका लागी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चरणवद्ध रुपमा आन्दोलन घोषण गरेको समेत बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य सरिता कुमाल, हरी वास्तोला प्रदेश सदस्य दिनेश श्रोष्ठ, लक्ष्मी अधिकारीले महिला अधिकार, दिगो वन व्यवस्थापनवाट समृद्धी गर्न सकिने लगाएतका विषयमा आआफना धारणा राख्नस भएको थियो ।

जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले हरेक वर्ष जिल्ला महासंघले महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सामुदायिक वनका क्षेत्रमा उत्कृष्ट काम गर्ने महिलालाई सम्मान गर्दै आएको बताउनुभयो । कार्यक्रम जिल्ला महासंघका सचिव पार्वती सुवेदीले संचालन गर्नुभयो ।

प्रकाशित मिति : 29 नोभेम्बर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस