फेकोफनको दुईदिने धर्ना भोलीदेखि

काठमाडौँ, पुस १ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै बिहीबार र शुक्रबार माइतीघर मण्डलामा धर्ना गर्ने भएको छ ।

सरकारलाई सामुदायिक वनको मागप्रति ध्यानाकर्षण गराउन पहिलो चरणमा देशव्यापी रुपमा ज्ञापनपत्र बुझाएर धर्नाको कार्यक्रम तय गरिएको फेकोफनका अध्यक्ष भारती पाठकले बताउनुभयो । “वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्नुपर्ने र वन पैदावारमा लगाएको रोकावट फुक्का गर्नुपर्ने, संरक्षणक्षेत्र बिस्तार कार्यविधि खारेज गर्नुपर्ने लगायतको माग फेकोफनको हो”, उहाँले भन्नुभयो । सरकारसँग सकेसम्म मिलेर जाने योजना फेकोफनको रहेको जानकारी दिँदै उहाँले धर्नापछि पनि माग सम्बोधन नभए देशव्यापी आन्दोलनमा जाने तयारी रहेको बताउनुभयो ।

वन पैदावारमा लगाएको रोकावटका कारण देशभरका २२ हजारभन्दा बढी सामुदायिक वनका उपभोक्ताहरु समस्यामा परेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 16 डिसेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस