वन उपभोक्ता समूह र नगरपालिकाबीच छलफल

मकवानपुर, पुस १४ । यहाँका सामुदायिक वन उपभोक्ता समूह र थाहा नगरपालिकाबीच स्थानीय वन ऐनका बारेमा आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफलका क्रममा थाहा नगरपालिकाका नगरप्रमुख लभशेर विष्टले तत्काल स्थानीय वन ऐन बनाएर अघि बढ्ने नगरपालिकाको योजना रहेको बताउनुभयो । “आगामी नगरसभामा ऐन निर्माणका लागि सरोकारवाला निकायसँग छलफल गरेर जाने योजनामा छौँ”, उहाँले भन्नुभयो । स्थानीय वनमा उपलब्ध जडीबुटीमार्फत उद्यम सञ्चालन गर्ने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वन ऐन बनाउन सक्ने प्रावधान संविधानमा भएकाले त्यसलाई तत्काल कार्यान्वयन गरी वन ऐन बनाउन आग्रह गर्नुभएको थियो ।

छलफलमा त्यहाँका सामुदायिक वनका प्रतिनिधिहरुले स्थानीय वन ऐन नबन्दा काम गर्न अप्ठेरो भएको तर्क राखेका थिए ।

प्रकाशित मिति : 29 डिसेम्बर 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस