सामुदायिक वनसम्वन्धी नीति र स्थानीय समस्याबारे छलफल

पर्वत । सामुदायिक वन उपभोक्ता महासंघले पर्वत जिल्लाको महाशिला र पैयु गाउँपालिकामा सामुदायिक वनका निति, कानुन र स्थानीय समस्याबारे छलफल गरेको छ । उपभोक्ता समुह, स्थानीय महासंघ, आमा समुहका बीचमा भएको छलफलका महासंघकी राष्ट्रिय अध्यक्ष भारती पाठकले नीतिगत व्यवस्था, स्थानीय समस्या र संभावनाको बिषयमा महासंघले गरिरहेका कामहरू बारे जानकारी गराउनुभएको थियो । उहाँले समुदायका अधिकार र सामुदायिक वनको महत्वबारे प्रकाश पार्दै स्थानीयतहहरूले समुदायमैत्री वन ऐन बनाउनुपर्नेमा जोडदिनुभयो ।कार्यक्रममा समन्वय तिलक तिवारीले गर्नुभएको थियो । यस्तै महाशिला गाउँपालिका वडा न ५ का अध्यक्ष तथा सामुदायिक वनका अभियन्ता जीवनबहादुर उचै, आमा समुहका प्रतिनिधि, उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरू र स्थानीय अगुवाहरूको पनि उत्साहजनक सहभागिता थियो ।

प्रकाशित मिति : 10 जनवरी 2021, आइतवार
प्रतिक्रिया दिनुहोस