
कैलाली । सामुदायिक वन उपभोक्ता महासंघले जलवायु परिवर्तन अनुकुलन र प्रकोप व्यवस्थापन सम्वन्धमा सरोकारवाला पक्षहरूसँग छलफल गरेको छ ।
महासंघले कैलालीको लम्किचुवा नगरपालिकामा समुदाय, सरोकारवाला र स्थानीय सरकारसंग अन्तर्कृया गरेको हो ।
त्यस अवसरमा फेकोफनकी राष्ट्रिय कार्यसमिति अध्यक्ष भारती पाठकले जलवायु परिवर्तनका असरबाट जोगाउँदै समुदाय र सामुदायिक वनका हितमा काम गर्नु अहिलेको चुनोैती रहेको बताउनुभयो ।
प्राकृतिक श्रोतमा समुदायको पहुँच बढाउँदै जलवायु अनुकुलन सम्वन्धी सचेतना अभियान र प्रकोप न्युनिकरणका लागि महासंघले काम गर्दै आएको उहाँको भनाई छ ।
अध्यक्ष पाठकले सामुदायिक वनका उपभोक्तालाई अधिकार सम्पन्न बनाउन स्थानीय सरकारहरूले समुदाय मैत्री वन निति बनाउनु पर्नेमा पनि जोड दिनु भयो ।
त्यस अवसरमा सरोकारवालाहरूले जलवायु अनुकुलन र प्रकोप व्यवस्थापनमा समुदाय र स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने धारणा राखेका थिए ।