बर्दियाको बाँसगढीले स्थानीय वन ऐन बनाउँदै !!

बर्दिया। बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाले स्थानीय वन ऐन बनाउँदै छ।

त्यसैक्रममा नगरपालिकाले अन्तर्क्रिया कार्यक्रम अायोजना गरी सुझाव संकलन गरेको छ । नगरपालिका, सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन, उपभोक्ता समूह, सवडिभिजन वन कार्यालय र जनप्रतिनिधिहहरू समेतको सहभागितामा सम्पन्न अन्तरकृयामा समुदायको हित हुनेगरि स्थानीय वन नीति बनाउनुपर्ने सुझाव प्राप्त भएका छन्।

सो अवसरमा नगरप्रमुख शालिकराम अधिकारीले सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चित हुनेगरि ऐन
बनाईने प्रतिवद्दता जनाउनुभयो ।

यसैगरि फेकोफनका केन्द्रीय सदस्य मोहमद कर खाँले सामुदायिक वनबाट सम्वृद्दी हासिल गर्न सकिने बताउनुभयो । उहाँले समुदायका उपभोक्ताको अधिकार र उनीहरूको पहुँच बढाउँदै आर्थिक समृद्धिको पाटोमा ऐन निर्माण गरेर छिट्टै ल्याउन सुझाव दिनुभयो ।

उहाँले सामुदायिक वन उपभोक्ता समुहहरूको तर्फबाट हार्दिक अाभार तथा शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर सुष्मा चोैधरी, सव डिभिजन वन कार्यालयका वन अधिकृत, नगरपालिकाका विधान समिति संयोजक लगायतले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति : 29 जनवरी 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस