वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने सरकारको निर्णयको महासंघद्वारा स्वागत!!

काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।

शुक्रवार काठमाण्डोैमा पत्रकार सम्मेलन गरि महासंघका अध्यक्ष भारती पाठकले समुदायको हित, उपभोक्ताहरूको चाहाना र फेकोफनको सुझाव विपरित कार्यान्वयनमा ल्याईएको बैज्ञानिक वन व्यवस्थापन खारेज हुनु सकारात्मक भएको बताउनुभयो ।

महासंघले समुदायको हित हुनेगरि दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड बनाउन पनि सरकारसंग माग गरेको छ ।

वनश्रोतलाई समुदायले उपयोग गर्ने अवस्थामा अवरोध नहुने गरि वनलाई उत्पादनका रूपमा प्रयोग गर्नुपर्ने माग महासंघको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले वनभित्रका सामाजिक, अार्थिक र वातावरणीय पक्षलाई ध्यानमा राखेर जनताले वन ब्यवस्थापन गर्न पाउनुपर्ने प्रष्ट पार्नुभयो ।

सरकारले संरक्षण क्षेत्र विस्तार गरेमा अान्दोलनमा उत्रने महासंको चेतावनी छ ।

यसैगरी महासंघसचिव ठाकुर भण्डारीले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीलाई महासंघले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

वैज्ञानिक वन ब्यवस्थापन कार्यविधि वातवरणीय हिसावले पनि गलत भएकोले सरकार पछि हट्न बाध्य भएको उहाँको भनाई छ ।

महासंघले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ-

प्रकाशित मिति : 29 जनवरी 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस