सशक्तिकरण र सम्वृद्दिको लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको बैठक महासंघको कार्यालय भक्तपुरमा बस्यो ।

“वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार: उद्दमशिलता र सशक्त संगठन सम्वृद्दिको अाधार ” भन्ने नाराका साथ अायोजना गरिएको बैठकले समुदायको अधिकार र वन श्रोतबाट उद्दमशिलतामा जोडदिएको छ । महासंघका अध्यक्ष भारती पाठकको अध्यक्षतामा भएको बैठकमा सामुदायिक वनको अधिकार बमोजिम वनपैदावार निकासीमा सरकारी पक्षबाट भएको अवरोधको कडा विरोध भएको छ ।

बैठक शुभारम्भका अवसरमा महासंघका अध्यक्ष भारती पाठकले सामुदायिक वन र उपभोक्ताको अधिकार स्थापित गर्न महासंघ निरन्तर लागिपरेको बताउनुभयो ।

संगठन, सुशासन र सम्वृद्दीका लागि महासंघले काम गरिरहेको जानकारी दिँदै उहाँले हरेक सदस्यले समुह र समुदायको अधिकारका लागि काम गर्नुपर्नेमा जोडदिनुभयो ।

यो वर्ष महासंघले रजतजयन्ती मनाइरहेको बताउँदै उहाँले सामुदायिक वन अान्दोलनले उपभोक्ताहरूको हकअधिकारलाई स्थापित गर्न सफल भएको बताउनुभयो ।

त्यसअवसरमा शुभकामना व्यक्त गर्दै महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार घनश्याम पाण्डेले अहिलेको कार्यसमितिले नेपालको सामुदायिक वनको २५ वर्षको ईतिहासको समीक्षा गर्दै अागामी रणनीति तय गर्नुपर्ने सुझाव दिनुभयो।

सामुदायिक वनले पाएको कानुनी अधिकार निर्धक्क प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभयो ।

मुलुकको अार्थिक सम्वृद्दीमा सामुदायिक वनहरूले अग्रसरता लिनुपर्ने बताउँदै उहाँले संगठनलाई गतिशिल बनाउनुपर्नेमा पनि जोडदिनुभयो । यसैगरी महासंघका संस्थापक अध्यक्ष हरिप्रसाद न्योैपानेले अवका दिनमा सामुदायिक वन र उपभोक्ता समुहहरूले उद्दमशिलता र अार्थिक उपार्जनमा ध्यानदिनुपर्ने बताउनुभयो ।

उहाँले महासंघका सदस्यहरूले मुलुकभरका २२ हजारभन्दा धेरै सामुदायिक वन र समुहलाई चलायमान र उर्भर बनाउने गरी थप काम गर्नुपर्नेमा जोडदिनुभयो । यस्तै पूर्वअध्यक्ष भिमप्रसाद श्रेष्ठले सामुदायिक वनका अभियन्ताहरू कहिल्यै पनि थाक्न नहुने सुझाव दिनुभयो ।

यसैगरी पूर्वअध्यक्ष गणेश कार्कीले महासंघले समुहहरूमा पैरवीको अभियानलाई अझै बढाउनुपर्नेमा जोडदिनुभयो । महासंघका महासचिव विर्खबहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमप्रकाश खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : 1 मार्च 2021, सोमवार
प्रतिक्रिया दिनुहोस