उपभोक्ता अधिकार सुनिश्चत गर्दै वनलाई सम्वृद्दिसँग जोड्नुपर्ने निष्कर्ष!!!

काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघको मिनी महाधिवेशनका रूपमा लिईने राष्ट्रिय परिषद् बैठक बुधबार सम्पन्न भएको छ ।

काठमाण्डोैको प्रज्ञा भवनमा अायोजित परिषद बैठक मंगलबारदेखि शुरू भएको थियो । दोश्रोदिन बुधबार सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट सहभागी प्रतिनिधिहरूले समुहगत रूपमा उपभोक्ता समूह र महासंघको अागामी २५ बर्षे रणनीतिबारे छलफल गरेका थिए ।

उनीहरूले सामुदायिक वन संरक्षण र उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै महासंघ अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

वनश्रोतलाई उद्दमसँग जोडेर सम्वृद्दिका लागि वन अभियानलाई अघि बढाउनुपर्ने सुझाव समुहहरूको छ ।

यसैगरी संरक्षणमा युवा सहभागिता हुनुपर्नेमा पनि प्रतिनिधिहरूले जोडदिएका छन् । बन्द सत्रको शुभारम्भ गर्दै महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक वन अभियानको अवको यात्रा तय गर्न परिषद् बैठकमा खुलेर छलफल हुनुपर्ने बताउनु भएको थियो ।

बन्द सत्रमा महासचिव विर्खबहादुर शाहीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पार्वता गोैतमले अार्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । यस्तै उपाध्यक्ष भीमप्रकाश खड्काले स्वागत गर्नुभएको थियो भने सचिव ठाकुर भण्डारीले घोषणापत्र र उठान गर्नुपर्ने बिषयहरूबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : 3 मार्च 2021, बुधवार
प्रतिक्रिया दिनुहोस