सामुदायिक वनमा पर्यटन विकासका लागि मेला अायोजना

सिरहा। सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन अभिवृद्दी गर्ने उद्देश्यले सिरहाको लाहान- १६ स्थित राजाजीडाँडा सामुदायिक वनमा ३ दिने महोत्सव अायोजना गरिएको छ ।

बुधबार शुरू भै शुक्रबारसम्म चल्ने मेलामा धार्मिक पर्यटकीय स्थल संरक्षण र त्यसको प्रचारप्रसारमा जोड दिईएको छ ।

मेलाका अबसरमा मन्दिर तथा कुण्ड उद्घाट्न गरिएको छ भने शिवरात्री मेला भव्य बनाउन २४ घण्टे होम अायोजना गरिएको छ । मेलाको सन्दर्भमै सामुदायिक वनका गतिविधिबारे समीक्षा हुनेछ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य बिष्णुलाल साहले समुदायको हित र वनको संरक्षणमा महासंघले काम गर्दै अाएको बताउनुभयो ।

मेला अायोजक समितिका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता तथा कोषाध्यक्ष नारायण खपाङ्गीको सञ्चालनमा सम्पन्न उद्घाटनका अबसरमा सचिव शिवकुमार यादव, सदस्य दयाराम कार्की लगायतले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति : 12 मार्च 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस