सामुदायिक वन गण्डकी प्रदेश परिषदमा उद्दममा जोड!!

 पोखरा । सामुदायिक वनहरूमा उद्दमशिलताको विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको प्रथम परिषदको उद्घाटनमा बोल्दै वक्ताहरूले सम्वृद्दिका वन महत्वपुर्ण भएको बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई आम्दानीको श्रोत बनाउनुपर्नेमा जोडदिनुभयो ।
बिना आम्दानी वन संरक्षणका लागि स्थानीयलाई जनतालाई आकर्षित गर्न नसकिने भएकाले उनीहरुलाई आम्दानी र रोजगारीको वातावरण निर्माण गर्नुपर्ने बताउँदै मन्त्री लम्सालले त्यसमा सरकारले सघाउने प्रतिवद्दता जनाउनुभयो ।
उहाँले सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाउँदै पर्यटक आकर्षित गर्न सकिने पनि बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनका केन्द्रीय सचिव ठाकुर भण्डारीले सामुदायिक वन सम्वृद्दिका अाधार हुने बताउँदै तर वनको उपयोग गर्न जनताले पाउनुपर्ने बताउनुभयो ।
वन पैदावरको सदूपयोग गर्दै उद्यमशिलता विकास गर्ने हो भने वनबाट रोजगारीसँगै आम्दानी पनि हुने र संरक्षण समेत हुने उहाँको भनाई छ । फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले एक सामुदायिक वन, एक उद्दमको माध्यमबाट रोजगारी र अाम्दानी बढाउनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.महेश्वर ढकालले सामुदायिक वनभित्र उद्योग स्थापना गर्न सकिने बताउनुभयो।
कास्कीको काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुमार क्षेत्रीले आफूहरुको सामुदायिक वनलाई लाली गुँरासको पर्यटकीय क्षेत्र बनाउने प्रयास गरिरहेको बताउनुभयो । गण्डकी प्रदेशमा ४ हजारभन्दा बढी सामुदायिक वन छन् ।
Aa

प्रकाशित मिति : 21 मार्च 2021, आइतवार
प्रतिक्रिया दिनुहोस