सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले कोरोना भाईरसको संक्रमण बढ्दै गएको र सरकारले समेत भेला तथा जमघटहरू नगर्न आग्रह गरेको भन्दै महासंघका अभियान र सांगठनिक तथा सवालगत कार्यक्रमहरु संचालन हाललाई रोक्ने निर्णय गरेको छ ।
महासंघले मातहतका संरचनाहरूलाई पत्र जारी गर्दै प्रदेश, जिल्ला तथा स्थानीय महासंघलाई पनि नियमित तथा पुर्व निर्धारित गतिविधि नगर्न भनेको छ ।
गर्नै पर्ने कार्यक्रम २५ जनाभन्दा कम उपस्थिति हुने अवस्थामा मात्रै गर्नका सकिने पनि महासंघले प्रष्ट पारेको छ।
पत्रमा भनिएको छ – “विगत एक वर्षदेखि कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमणबाट आतङ्कित भयौ तर सवैको प्रयासबाट केही सुधार हुदै गएका कारण सवै क्षेत्रमा आआफना गतिविधिहरु सुचारु हुँदा महासंघ नेपालले पनि सांगठनिक तथा सवालगत अभियानहरुलाई क्रमिक रुपमा बढाउदै गैरहेको थियो तर कोभिड १९ ले पुनः बिश्वब्यापी महामारीको रुप लिदै गएको र नेपालमा यसको असर बढदै गैरहेकोले नेपाल सरकारले ठूला भेला तथा मानिसहरुको जमघटमा रोक लगाएकोले सामुदायिक वन उपभोक्ता महासंघ नेपालले त्यसको पालना गर्दै कोभिड १९ वाट सुरक्षित रहनका लागी ठूल्ठुला भेला तथा गोष्ठीहरु तथा कार्यक्रमहरु स्थगित गरेको छ ।”
महासंघले संचालन गर्ने सांगठनिक तथा सवालगत अभियानहरु अर्को सुचना नहुँदासम्म सुरक्षाका मापदण्ड अपनाई २५ जना भन्दा कमको उपस्थितिमा गर्नका लागी अनुरोध गरेको छ ।