काठमाण्डोै। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कोरोना महामारी नियन्त्रणका लाग देशभरका १४ सयभन्दा बढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । महासंघकि अध्यक्ष भारती पाठकको अध्यक्षतामा बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पुर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समुहहरुले सरकारले घोषणा गरेका मापदण्डहरु कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
सामाजिक दुरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने, गरीव विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गको लागि स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न तथा सरसफाइको समाग्री सहयोग गर्ने, स्थानीय विपद व्यवस्थापन कोषमा नगद सहयोग गर्ने जस्ता अभियान चलाउने समेत निर्णय गरेको छ ।
कुनै पनि विपतमा सहयोग गर्दा असक्त महिला, गरिव, वृद्ध, दलित, आदिवासी तथा पछाडि पारिएका वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी आफना सवै संरचनाहरु परिचालन गरे समेत निर्णय भएको सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
विश्वव्यापी कोरोनाको महामारी फेरि बढेका कारण जनजिवन प्रभावित भएको ठहर गर्दै महासंघले यसका विरुद्धमा लड्न र महासंकटमा सरकार र जनतालाई साथ दिन सामुदायिक वन र महासंघले सशक्त भूमीका खेल्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।
बैठकले हालसम्म भए गरेका संस्थागत कृयाकलापको समिक्षा गर्दै भावी कार्ययोजना निर्माणमा जुट्ने निर्णय गरेको छ । यसैगरी महासंघले संघीय वन नियमावली तत्काल बनाउन पनि सरकारसँग माग गरेको छ ।
वैज्ञानिक वन मार्गदर्शन २०७१ खारेज गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै फेकोफनले वनको दिगो व्यवस्थापनको मापदण्ड बनाई तत्काल कार्यान्वयनमा ल्याउन भनेको छ ।
अहिले पनि विभिन्न ठाउँहरुमा वन पैदावार कटान, उपयोग तथा विक्रिवितरणमा लगाईएको प्रतिवन्ध हटाउन र तेहेरो कर खारेज गर्न समेत माग गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारको आगामी २०७८/७९को नीति, कार्यक्रम र वजेटमा सामुदायिक वनलाई प्राथमिकता दिन माग गर्दै महासंघले आर्थिक सम्वृद्धीका लागी फलफुल, घास, जडीवुटी, वन्यजन्य खाद्य, गैरकाष्ठ र काष्ठजन्य विरुवाहरु रोपी वृक्षारोपण अभियान बर्ष सन्चालन गर्ने निर्णय समेत गरेको छ ।
वन डढेलोका क्रममा आगलागीमा र जंगली जनावरको आक्रमणमा परी मृत्यू उपभोक्ताहरूका लागि महासंघले गरेको विमा बापतको राहात रकम तत्काल उपलव्ध गराउन विमा कम्पनीसँग समन्वय गरिरहेको जानकारी पनि गराएको छ ।